काठमाडौं, २२ फागुन २०७५ । कैलाली जिल्ला अदालतले टीकापुर घटनाका आरोपी सांसद रेशम चौधरीलाई २० वर्षको कैद फैसला गरेको छ ।

कैलाली जिल्ला अदालतका वैतानिक वकिल देवराज भट्टले दिएको जानकारी अनुसार २५ वर्षको कैदलाई जन्म कैद भनिनेमा उनलाई २० वर्षको मात्रै कैद फैसला गरिएको हो ।

न्यायाधीस पर्शुराम भट्टराईको एकल इजलासले उनी विरुद्ध परेको उजुरीमा यस्तो फैसला गरेका हुन् । चौधरी सहित २७ जना अहिले पनि पुर्पुक्षको लागि थुनामा छन् । उनीहरुको पुर्पुक्षको लागि थुनामा बसेको समयावधिको पनि गठना हुने बताइएको छ ।

कूल ५८ जना विरुद्ध मुद्दा परेकोमा ३१ जना भने फरार रहेका छन् । यो फेसला अहिले २७ जनाको हकमा मात्रै रहेको भन्दै बाँकीको हकमा भने प्रहरीले उनीहरुलाई पक्राउ गरी फेरि मुद्दा चलाउनु पर्नेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्