गोरखा, २२ फागुन २०७५ । नेपाल ट्रेड युनियन कांग्रेस गोरखाले स्थापना दिवसका अबसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ ।
७३ औं स्थापना दिवसका अबसरमा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा गोरखा आयुर्वेद कम्पनीमा लामो समयदेखी कार्यरत कर्मचारी भगवती श्रेष्ठलाई संस्थांले सम्मान गरेको छ ।
संस्थाका जिल्ला अध्यक्ष सरद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघका गण्डकी प्रदेश उपाध्यक्ष मोहन सापकोटा, पुर्व केन्द्रिय सदस्य कमला लामिछाने, उपाध्यक्ष रामशरण आचार्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमका बक्ताहरुले सस्ंथापक केन्द्रिय अध्यक्ष गीरीजाप्रसाद कोईरालाको स्मरण गरेका थिए ।