काठमाडौं,२२ फागुन २०७५ । नेपाल र बंगलादेश सरकारबीच दोहोरो करमुक्ति सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट राजश्व सचिव लालशंकर घिमिरे र बङलादेशका तर्फबाट अर्थ मन्त्रालयका सिनियर सचिव मोसहरफ हुसैन भुईयानले सम्झौता पत्रमा आज हस्ताक्षर गर्नुभएको हो ।
अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा हस्ताक्षर भएको हो । अर्थमन्त्री खतिवडासँग बंगला देशका सचिव हुसैन र नेपालस्थित बंगला देशकी राजदुत मसेफ बिन्टे सामले भेटवार्ता समेत गर्नुभएको थियो ।