गोर्खा, १९ फागुन २०७५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंमा खानेपानी ल्याउन नसक्ने सरकारले देशमा कहाँबाट पानीजहाज ल्याउँछ भनेर प्रश्न गरेका छन्।

कांग्रेस गण्डकी गाउँपालिकास्तरीय प्रशिक्षणमा शनिबार सिंहले सरकार हरेक क्षेत्रमा असफल भइसकेको बताए।

‘सरकारले रेल आउने, पानीजहाज आउनेजस्ता नेपाली जनतालाई सुन्नमा आनन्द आउने रमाइलो खालका कुरा गर्छ तर यथार्थमा खानलाई पानी छैन कहाँबाट यहाँ पानीजहाज आउँछ ?,’ सिंहले प्रश्न गरे।

खानेपानी मन्त्रीले पार्टीको स्वार्थअनुसार काम गरेकोले मेलम्ची आयोजना पूरा हुन नसकेको उनले आरोप लगाए।

‘मेलम्चीमा सरकारको असक्षमता देखियो। ठेकेदारको भागाभाग छ। मन्त्री सचिवको कुरा नमिल्दा आयोजना प्रभावित भएको छ,’ सिंहले भने ।

सरकारले धुलो र हिलोबाहेक केही दिन नसकेको सिंहको आरोप छ। सरकार असफल भइसके पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उहाको भनाइ छ। सांगठनिक र बैचारिक रुपबाट प्रष्ट भएर पार्टीलाई विधिसम्मत चलाउन उनले नेतृत्वलाई आग्रह गरे।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्