- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

चैत पहिलो साताभित्र १४ वटै जिल्लाका भूकम्प प्रभावितको गुनासो सम्बोधन

March 3, 2019
995
Shares
- ADVERTISEMENT -

काठमाडौं, १९ फागुन २०७५ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले चैत पहिलो साताभित्र १४ वटै जिल्लाका भूकम्प प्रभावितको गुनासो सम्बोधन हुने बताएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ सिन्धुपाल्चोकले मेलम्चीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यस्तो बताएका हुन् । विविध कारणले गुनासो सम्बोधनमा ढिलाइ भएको स्वीकार्दै प्राधिकरणको पहिलो प्राथमिकता नै जनताको घर बनाउनु रहेको बताए ।

- ADVERTISEMENT -

Advertisement

पहिलो किस्ता लिएर घर बनाउन नसक्नेका लागि तीन लाखको सहुलियतपूर्ण ऋण प्रदान गर्न कार्यविधिसमेत तयार भैइसकेको जानकारी दिए । कार्यक्रममा मेलम्ची नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद थपलियाले नगरपालिकाभित्र १३ हजार ३६४ भूकम्प प्रभावित लाभग्राही रहेका र हालसम्म ८१० जनाको गुनासो सम्बोधन भएको बताए । नगरपालिकाभित्र अझै पनि ९१५ जनाको गुनासो सम्बोधन बाँकी रहेकासमेत जानकारी दिए ।

कार्यक्रममा लाभग्राही सूचीमा नाम नपरेका भूकम्प प्रभावित स्थानीयको जिज्ञासालाई एकमुष्ट रुपमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्बोधन गरेका थिए । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ सिन्धुपाल्चोकका प्रमुख सन्तोष निरौलाको पनि उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -