Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५१:५२ बिहान
- ADVERTISEMENT -

सङ्घीयता नेपालको वास्तविकता भएको हुँदा अब कुनै पनि हालतमा फिर्ता नहुने

प्रकाशित मिति: २०७५ फागुन १८, शनिबार

953
Shares

जनकपुर, फागुन १८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीयता नेपालको वास्तविकता भएको हुँदा अब कुनै पनि हालतमा फिर्ता हुन नसक्ने प्रष्ट पार्नुभएको छ ।

मैथिली विकास कोषको आयोजनामा आजदेखि शुरु भएको जनकपुर साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ को उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले सङ्घीयता देशको आवश्यकता भइसकेको ठोकुवा गर्नुभयो । कमल थापा नेतृत्वको राप्रपा मेची महाकाली अभियानको नाममा संघीयता खारेजीको माग गरिरहेको बेला देउवाले संघीयताबिरोधी काम स्वीकार्य नहुने बताउनु भयो ।

‘संघीयता देशको आवश्यकता भइसक्यो, अब कुनै बहानामा कसैबाट सङ्घीयतालाई खतरामा पार्ने गरी कुनै गतिविधि वा हस्तक्षेप गर्ने प्रयास भए कांग्रेसलाई सह्य हुँदैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले भन्नुभयो । सरकारले अहिले विभिन्न बहानामा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने हिसाबले सामाजिक सञ्जालमाथि प्रहार गर्न खोजेको टिप्पणी गर्दै सभापति देउवाले यस्ता कदमले लोकतन्त्रलाई बल नपुग्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “मेरो प्रधानमन्त्री कालमा मधेश र मधेशी जनताको भावनाको कदर गर्दै संविधान संशोधनको प्रयास गरेपनि सफल हुन सकेन । कांग्रेस अहिले पनि संशोधनका लागि तयार छ ।” नेपाली भाषापछि दोस्रो सबैभन्दा बढी बोलिने भाषा मैथिली भएको बताउँदै उहाँले मैथिली भाषा आफैँमा समृद्ध रहेको उल्लेख गर्नुभयो ।

जनकपुर पौराणिक कालदेखि नै समृद्ध रहेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘अहिले जनकपुरदेखि अयोध्यासम्मका लागि धार्मिक पर्यटन विकासका लागि आएको रामायण परिपथको अवधारणा सान्दर्भिक रहेको छ । यसबाट धार्मिक पर्यटनको विकास हुनुका साथै नेपाल–भारत र दुबै देशका जनताको सम्बन्ध प्रगाढ हुनेछ ।’’

कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नं २ को राजधानी जनकपुर र सरकारी कामकाजको भाषा मैथिली नै हुनुपर्ने बताउनुभयो । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका निधिले सामाजिक संरचना र सङ्घीय सिद्धान्तका आधारमा प्रदेशको आधिकारिक भाषा मैथिली, राजधानी जनकपुर र प्रदेशको नामाङ्कन मिथिला वा मिथिला भोजपुरा हुनुपर्ने धारणा राख्नुभयो ।

नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले मैथिली भाषा हाम्रो इतिहासको गौरव भएको बताउनुभयो । उहाँले हरेक भाषा ज्ञान, उन्नति र चेतनाको राजमार्ग हुने भएकाले बौद्धिक विरासत कायम गर्नका लागि जागृतिको आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा राजपा नेपालका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले मैथिली भाषाको पुर्नरुत्थानको आवश्यकता रहेको बताउनुभयो । सङ्घीय समाजवादी फोरमका महासचिव रामसहाय यादवले मैथिली संस्कृति विश्वमै लोकप्रिय रहेपनि राज्यद्वारा उपेक्षित भएका कारण तिरहुत लिपी ९मिथिलाक्षर० लोप हुने अवस्थामा पुगेकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले मैथिली भाषा नेपालको दोस्रो भाषा भएको हुँदा यस प्रदेशको कामकाजी भाषा मैथिली बनाउनुपर्ने सुझाव दिनुभयो ।

नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाले मैथिली भाषालाई जातिगत भाषाको आरोप लगाई कमजोर र विभाजित गर्ने दुश्प्रयास भइरहेको हुँदा यसप्रति सबै सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

भाषाविद् प्राडा रामअवतार यादवले प्रदेश २ मा नै मैथिली भाषाको विकासमा ध्यान पुग्न नसकेको बताउनुभयो । साहित्यकार डा राजेन्द्र विमलले प्राचीन गौरवको स्थापित गर्नका लागि ठोस नीति ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । पूर्वप्राज्ञ रमेशरञ्जन झाले मैथिली भाषाका सन्दर्भमा संवैधानिक जटिलता भएको हुँदा नेपालमा दोस्रो बढी बोलिने भाषा भएर पनि उल्लेखितरुपमा विकास हुन नसकेको बताउनुभयो ।

मैथिली विकास कोषको अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको उक्त समारोहमा साहित्य, समाज, कला, अर्थ, राजनीति, संस्कृति विषयमा विचारविमर्श, आधुनिक तथा लोककला प्रदर्शन, ललितकला, मिथिला चित्रकला, सिक्की, बाँस आदिको कलात्मक सामग्री प्रदर्शन गरिएको छ ।

छ दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल, भारत, आफगानिस्तान, बङ्गलादेशलगायतका नाटक प्रदर्शन, सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी गरिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -