काठमाडौं, १८ फागुन २०७५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले आफूविरुद्ध कुप्रचार गरिएको भन्दै असन्तुष्टि जनाउनु भएको छ । उहाले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर आफूविरुद्ध कुप्रचार गरिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

आज विहान करिव १० बजेतिर फेसबुकमा स्टाटस लेख्दै भन्नुभएको छ, ‘फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो । नेता गौतमले मृत्युको शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइन जीवनभर नदिने पनि उल्लेख गर्नुभएको छ । गौतम सो क्षेत्रबाट उठ्ने चर्चा चलन शुरु गरेकै बेला उहाले यस्तो भनाई राख्नु भएको हो ।

उहाले भन्नुभएको छ, ‘नेपाली राजनितिक आकासमा ‘उज्वल भविष्य सहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनबाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जलि दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ । यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र हो । ’

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्