२०८३ वैशाख २८, सोमबार
८:०५:०० बिहान
- ADVERTISEMENT -

नेपालको इन्टरनेट दक्षिण एसियाकै महँगो

प्रकाशित मिति: २०७५ फागुन १८, शनिबार

873
Shares

काठमाडौँ, फागुन १८ गते । मूल्यका हिसाबले नेपालमा प्रयोग हुने इन्टरनेट दक्षिण एसियाकै महँगो पाइएको छ । चर्चित म्यागेजिन ‘दी इकोनोमिस्ट’ले हालै सार्वजनिक गरेको समावेशी इन्टरनेट सूचक (इनक्लुसिभ इन्टरनेट इन्डेक्स २०१९) प्रतिवेदनमा नेपालमा प्रयोग हुने इन्टरनेट विश्वका अन्य देशहरूको तुलनामा पनि महँगो रहेको पाइएको छ । प्रतिवेदनमा समेटिएका इन्टरनेटसम्बन्धी विभिन्न वर्गीकृत सूचकमध्ये मूल्यका हिसाबले विश्वका एक सय देशको सूचीमा नेपाल ८४औँ स्थान पारेको छ । त्यस्तै प्रतिवेदनमा समेटिएका पाँचवटा दक्षिण एसियाली मुलुकमध्ये नेपाल पुछारमा छ । सम्बन्धित देशको आयस्तर र इन्टरनेटको मूल्यका आधारमा यो सूची तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियाली देशमध्ये भारतमा इन्टरनेटको मूल्य सबैभन्दा सस्तो रहेको छ । एक सय मुलुकमध्ये भारत दसौँ स्थानमा छ । त्यसपछि श्रीलङ्का रहेको छ । समग्रमा भने श्रीलङ्काले ४३औँ स्थान पाएको छ । ४७औँ स्थानमा रहेको पाकिस्तान दक्षिण एसियाली मुलुकको सूचीमा भने तेस्रो स्थानमा छ । प्रतिवेदनमा बङ्गलादेश ७०औँ स्थानमा रहेको छ ।

क्यानाडा विश्वमै इन्टरनेट सस्तो भएको मुलुक सावित भएको छ । संयुक्त राज्य अमेरिका, फ्रान्स, स्विडेन र बेलायत सस्तो इन्टरनेट भएका मुलुकको सूचीको क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् । अफ्रिकी मुलुक कङ्गो सबैभन्दा महँगो इन्टरनेट भएको देशमा परेको छ । नाइजर, मलावी, लाइबेरिया र सियरा लियोन महँगो इन्टरनेट भएका मुलुकमध्ये अन्तिममा क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् ।

प्रतिवेदनमा इन्टरनेटको समावेशीता छुट्याउन विभिन्न चारवटा सूचक प्रयोग गरिएका छन् । मूल्यबाहेक इन्टरनेटको उपलब्धता, सान्दर्भिकता र यसको प्रयोग योग्यतालाई आधार बनाइएको छ । इन्टरनेटको उपलब्धताको हिसाबले अध्ययनमा समेटिएका एक सय देशमध्ये नेपाल ७४औँ स्थानमा छ । सान्दर्भिकताको सूचीमा नेपाल ६४औँ स्थानमा पर्न सफल भएको छ । चार सूचकमध्ये इन्टरनेटको प्रयोग योग्यताको सूचीमा नेपाल तुलनात्मक रुपमा अगाडि छ । यो सूचीमा नेपाल ४१औँ स्थानमा छ । इन्टरनेटमा आबद्ध हुनसक्ने क्षमता, सीप, त्यसको स्वीकार्यता र सहयोगी नीतिका आधारमा इन्टरनेटको प्रयोग योग्यता मापन गरिएको प्रतिवेदनमा उल्लेख छ । नीतिगत व्यवस्थाको हिसाबले नेपालले २३औँ स्थान प्राप्त गरेको छ ।

इन्टरनेटको समावेशीताको समग्र सूचीमा भने नेपाल ७२औँ स्थानमा छ । समावेशीतालाई पनि प्रतिवेदनमा मुलुकको आयस्तरको आधारमा छुट्याइएको छ । न्यून आय भएका मुलुकमध्ये समावेशी इन्टरनेटको हिसाबले नेपाल पहिलो स्थानमा छ । नेपालपछि रुवान्डा, तान्जानिया, सेनेगल, युगान्डा, बेनिन, इथियोपिया, माली, मदागास्कर, बुर्किना फासो क्रमशः दोस्रोदेखि दसौँ स्थानमा परेका छन् । कुल एक सय अङ्कमध्ये नेपालले यो सूचीमा ६०.९ अङ्क प्राप्त गरेर पहिलो भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -