- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मेलमिलाप कर्ताहरुका लागि तालिम सुरु

March 1, 2019
1479
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, १७ फागुन २०७५ । सिरानचोक गाउँपालिकामा मेलमिलाप कर्ताहरुको लागि आधारभूत तालिम सुरु भएको छ ।

गाउँपालिकाका वडाहरुमा आउने विवाद, झै–झैमेलाहरुलाई समाजमै मिलाउने उदेश्यले तालिम दिइएको सिरानचोक गाउँपालिकाकी महिला शाखा प्रमुख शारदा ढकालले जानकारी दिनुभयो । ८ दिन सम्म चल्ने तालिममा प्रत्येक वडाबाट एक जना महिला सहित ३/३ गरी २४ जना, न्यायिक समितिका ३ जना, गाउँपालिकाका कर्मचारी ३, पूर्व शिक्षक २ जना र एक स्वंमसेविका गरी ३३ जना सहभागी छन् ।

वडा नम्बर ८ जौवारीमा सुरु भएको उक्त तालिममा मेलमिलाप सम्बन्धी चरणहरु, विवाद समाधानका उपाया, मेलमिलापको महत्व, आवश्यकता लगायतका बारेमा मेडिएस नेपालका महेन्द्र प्रसाई र प्रविण नापितले प्रशिक्षण दिने कार्यक्रम छ । तालिमको एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष राजु गुरुङले उद्घाटन गरेका हुन ।

न्यायिक समितिका संयोजक रिता देवकोटाको अध्यक्षतामा भएको कार्याक्रम प्रमुख अतिथि गुरुङको अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत, सहजकर्ता महेन्द्र प्रसाई, वडा नम्बर ८ का अध्यक्ष झटकप्रसाद दवाडी लगायतले मन्तव्य राख्नु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com