काठमाण्डौ, चैत १६, २०७५ पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले लगानीका लागि नेपाल सम्भावना नै सम्भावना भएकोले ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
काठमाण्डौको होटल सोल्टीमा आयोजित ‘लगानी सम्मेलन २०१९’ लाई सम्बोधन गर्दे महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताउनुभएको छ ।
उहाँले राजनीतिक स्थिरतासँगै देशको प्राथमिकता आर्थिक विकास रहेकाले लगानीको लागि आवश्यक वातावरण बनेको उहाँले स्पष्ट पार्नुभयो । विदेशी लगानीलाई प्रोत्साहन गर्नका लागि आफ्नो पार्टी नेपाली कांग्रेसले पूर्ण समर्थन गर्ने भन्दै उहाँले निजी क्षेत्रलाई लगानीमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाँले खेलकुद, पर्यटन, उर्जा लगायत कयौ क्षेत्रमा नेपाल लगानीको लागि उपयुक्त रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।