२०८३ वैशाख २८, सोमबार
८:४१:५९ बिहान
- ADVERTISEMENT -

लगानी गर्ने लगानीकर्तालाई सुरक्षा र नाफा लैजाने पूर्ण ग्यारेन्टी हुने

प्रकाशित मिति: २०७५ चैत १३, बुधबार

807
Shares

काठमाडौं, चैत १२ । सरकारले नेपालमा लगानी गर्ने लगानीकर्तालाई सुरक्षा र नाफा लैजाने पूर्ण ग्यारेन्टी हुने बताएको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्तालाई सुरक्षादेखि प्रतिफलको ग्यारेन्टीसम्म हुने बताउनु भएको हो । उहाले करका बिषयहरुलाई थप बैज्ञानिक बनाउनेदेखि नाफा लैजानेसम्मको ग्यारेन्टी गरिने जानकारी गराउनु भयो ।

निजी क्षेत्रका संस्था नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरुलाई साथमा राखेर मन्त्री खतिवडाले लगानी आकर्षित गर्न थप नियम र ऐनहरु बनाउदै लैजाने समेत जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले करका दरमार्फत लगानीकर्तालाई दिइएको सुविधा ४\५ बर्षसम्म परिवर्तन नहुने ग्यारेन्टीसमेत गरिएको बताउनु भयो । ‘कानुनी पूर्वाधार पूर्ण भइसकेको छैन। यसलाई हामी अगाडि बढाउँदैछौं। कानुन नियमावली बनाउँछौं। हामी चाँडै एकद्वार प्रणाली बनाउँछौं’, उहाले भन्नुभयो,‘यसका लागि उद्योग मन्त्रालय र लगानी बोर्डलाई सहयोग गर्नेछौं।’

लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीका लागि आएका प्रस्तावहरुको दुई महिनाभित्र सरकारले टुंगो लगाउने जानकारी दिनुभयो । एउटै परियोजनामा दुईभन्दा बढी लगानीकर्ताहरु इच्छुक देखिए त्यसमा बोर्डले नै मूल्यांकन गरेर निर्णय हुने उहाले बताउनु भयो । ‘यो समिटमा र समिटपछि परेका प्रस्तावलाई आउँदो मेसम्म निर्णय गरी अगाडि बढाउने योजना छ,’ सीईओ अधिकारीले भन्नुभयो, ‘यदि एउटै परियोजनामा दुई लगानीकर्ताहरु इच्छुक देखिए मूल्यांकन गरेर अवार्ड गरिनेछ ।’

चैत १५ र १६ गते आयोजना हुने सम्मेलनमा सरकारी ५० र निजी क्षेत्रका २७ गरी कुल ७७ परियोजनाका लागि ३ खर्ब ६९ अर्बको प्रस्ताब गरिएको छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा ठूलै असहमति राखेका निजी क्षेत्रका प्रतिनिधिहरुले लगानी सम्मेलनबाट तत्काल पूँजी नआए पनि त्यसले विदेशी लगानीको ढोका खोल्ने बताएका छन्।

सम्मेलनमा महासंघकी अध्यक्ष भवानी राणाले स्थिर सरकारसँगै श्रम र उर्जा समस्या हल भइसकेकाले लगानीको वातावरण बनेको बताउनु भयो । उहाले समृद्धिलाई सरकारले लक्ष्य बनाएको भन्दै यसलाई सहयोग गर्न निजी क्षेत्र तयार रहेको स्पष्ट पार्नुभयो । चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानीको वातावरण बनेका बारेमा सम्बन्धित देशका राजदुताबासहरुले पनि बताइरहेको भन्दै यसलाई सकारात्मक सफलताका रुपमा लिनु पर्ने बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -