- ADVERTISEMENT -

महामन्त्री डा शशांक कोइरालाले काङ्ग्रेसभित्रको एकता र जनतासँंगको सुमधुर सम्बन्धले मात्र काङ्ग्रेसको जीत सम्भव

March 27, 2019
648
Shares
- ADVERTISEMENT -

तुलसीपुर, १३ चैत्र २०७५ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले काङ्ग्रेसभित्रको एकता र जनतासँंगको सुमधुर सम्बन्धले मात्र काङ्ग्रेसको जीत सम्भव हुने बताएका छन् ।

घोराही उपमहानगरपालिका–१९ को सैँघास्थित मंगलबार लाकुरीडाँडामा सशस्त्र द्वन्द्वका क्रममा मारिएका काङ्ग्रेस नेता स्वर्गीय लालबहादुर घर्ती र माधव रावतको शालीक अनावरण तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमा उनले सो कुरा बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

त्यसका लागि गाउँका काङ्ग्रेसलाई एक हुनसमेत महामन्त्री कोइरालाले आग्रह गरे । ‘‘गाउँमा कार्यकर्ता एक भए केन्द्रमा नेता एक नभइ सुख हुँदैन् एक हुनुहोस्’’, उनले भने । उनले गाँउ गाँउबाट काङ्ग्रेस एक छ र हुनुपर्छ भन्ने सन्देश कार्यकर्ताले केन्द्रसम्म दिनपर्ने बताए ।

त्यस्तै उनले अर्को प्रसङ्गमा वर्तमान सरकारका गतिविधिका कारण देश अप्ठे्यारो परिस्थितिमा पुगेको बताए । कोइरालाले लोकतन्त्रलाई संस्थागत गर्दै समृद्ध समाज निर्माण गर्ने बाटोमा सरकार लाग्नुपर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -