२०८३ वैशाख २८, सोमबार
८:३५:०६ बिहान
- ADVERTISEMENT -

कांग्रेसद्धारा सरकार ज्ञानेन्द्रपथमा हिँडेको आरोप, सुरक्षा विधेयक फिर्ता लिन आग्रह

प्रकाशित मिति: २०७५ चैत १३, बुधबार

879
Shares

काठमाडौं, चैत्र १३ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार ज्ञानेन्द्रपथमा हिँडेको आरोप लगाएको छ। संसद्को हिउँदे अधिवेशनको समीक्षा गर्न सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले संसद्मा ल्याएका विधेयक निरंकुश रहेको आरोपसमेत लगाएको छ।

सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारको व्यवस्था गर्न ल्याइएको विधेयकप्रति तीव्र असन्तुष्टि जनाइरहेको कांग्रेसले उक्त विधेयक तत्काल फिर्ता लिन मागसमेत गरेको छ। सरकारद्वारा संसद्मा पेस गरिएको उक्त विधेयक संविधान प्रतिकूल रहेको उसको निष्कर्ष छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विधेयक कांग्रेसले नमान्ने निष्कर्ष निकालेको बताए।

कांग्रेसले संसद्मै पेस गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि स्वीकार्य नहुने जनाएको छ। प्रेस स्वतन्त्रता र सूचना प्रविधिमाथि नै अंकुश लगाउने गरी आएको यो विधेयक स्वीकार्य नहुने उनको भनाइ छ।

संसद् अधिवेशन सकिएको भोलिपल्ट बसेको कांग्रेस संसदीय दलको बैठकले संसद्का तीन वटा अधिवेशन सम्पन्न भए पनि सरकार जनतालाई राहत दिन र देशलाइ विकासको बाटोमा अघि बढाउन नसकेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीले राज्यका सबै संयन्त्र आफू मातहतमा ल्याउनु अधिनायकवादी शैली भएको कांग्रेसको आरोप छ।

बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई हत्याहिंसा त्यागेर शान्तिपूर्ण बाटोमा आउन आग्रह गर्दै सरकारलाई पनि वार्ता र संवादकै माध्यमबाट समाधान खोज्न भनेको छ। अन्नपूर्णबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -