- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापानमा सिधा हवाई उडान गर्ने तयारीलाई तिव्रता दिदै

March 26, 2019
1249
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, चैत १२

नेपालले जापानमा सिधा हवाई उडान गर्ने तयारीलाई तिव्र बनाएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अगुवाईमा जापानसँग सिधा हवाई उडान गर्ने सहमति गरेको थियो । सोही सहमति अनुसार परराष्ट्रमन्त्री ज्ञवालीले सिधा हवाइ उडान शुरू गर्नेबारे जापानी अधिकारीसँग छलफल गर्नुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

नेपाली कामदार समेत लैजाने तयारी गरिरहेको जापानमा सिधा हवाई उडान सूचारु भए कामदारलाई समेत निक्कै सजिलो हुनेछ । परराष्ट्र मन्त्रालय सिंहदरबारमा मंगलवार जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका उपाध्यक्ष कोजी ताकाहासीसँगको भेटमा मन्त्री ज्ञवालीले सिधा हवाइ उडानको प्राविधिक विषय छिटो टुंगाउन प्रस्ताव गर्नुभएको छ ।

भेटमा मन्त्री ज्ञवालीले सिधा हवाई उडानले २ देशका जनताबीचको सम्बन्ध अझै प्रगाढ बनाउन मद्दत मिल्ने बताउनु भयो । उपाध्यक्ष कोजीले ७ घण्टाको दूरीलाई सिधा उडानमार्फत सम्पर्क विस्तारका लागि छिटो टुंगोमा पुर्याउने प्रतिबद्धता जनाउनु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

सिधा उडान नहुँदा तेस्रो देशलाई ट्रान्जिटको रुपमा प्रयोग गरेर जापान जानुपर्ने बाध्यता छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com