काठमाडौं, १२ चैत्र २०७५ । अस्वस्थ्य भई उपचारका लागि ह्याम्स अस्पतालमा शुक्रबारदेखि मंगलबार बिहानसम्म बसेर डिस्चार्ज भएका नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले भावुक आभार पत्र लेखेका छन् ।

उनले अस्पतालबाट डिस्चार्ज भएपछि उपचारमा अहोरात्र खटेर उपचार गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई हृदयदेखि नै धन्यवाद दिएका छन् ।

साथै उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै भेटेर तथा विभिन्न माध्यमबाट शुभकामना दिने सबै शुभचिन्तकप्रति आभार ब्यक्त गरेका छन् ।

उनले ह्याम्स अस्पताल आउनु अगाडि प्रारम्भिक परीक्षण पश्चात अस्पताल ल्याउन सहयोग पुर्याउने मेट्रो अस्पताल महाराजगञ्ज परिवारप्रतिसमेत कृतज्ञ रहेको उल्लेख गरेका छन् । कांग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्