काठमाडौं, चैत १०

पढ्ने रहरलाई उमेर छेक्दैन । मानिसमा पढ्ने रहर कहिले हराएर जादैनन् । प्रतिनिधीसभा सदस्य शान्ता चौधरी होस् वा नायिक करिश्मा मानन्धर पढ्ने धोको पुरा नभएर विद्यालय भर्ना हुनु भयो ।

यस्तै एक हजुरआमालाई पनि पढ्ने रहर हराएको छैन । ६८ वर्षको उमेरमा उहापनि आजबाट शुरु भएको एसईई परिक्षामा सामेल हुनु भएको छ । परिक्षामा सबैभन्दा जेष्ठ नागरिकका रुपमा युगमाया कार्कीले एसइई परिक्षा दिईरहनु भएको छ । उहा २०७० सालदेखि राजधानीको तिनकुनेको उत्प्रेरणा महिला माविमा पढ्दै आउनुभएको छ ।

उहाँका सात भाइ छोरो र सातै जना नातिनातिनाहरु पनि छन् । उहाँका एक नाति रोहन कार्कीले पनि यसै वर्ष हजुआमासँगै एसइई परिक्षा दिदैछन् । युगमायाको परिक्षा केन्द्र तिनकुनेको सिद्धेश्वरी माविमा परेको छ । नातिको परिक्षा केन्द्र भने मध्यबानेश्वरको रत्न राज्य माविमा छ ।

उहाँको जन्मथलो ओखलढुंगाको लिखु गाउँपालिका ५ गाम्नाङ हो । ओखलढुंगा जिल्लालाई केहि समय अघि मात्रै साक्षर जिल्ला घोषणा गरिएको थियो । युगमायाले एसइई दिएर साक्षरताको अभियानलाई अतुलनिय सहयोग पुगेको ओखलढुंगाका संघीय संसद यज्ञराज सुनुवारको भनाइ छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्