Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:१८ बिहान
- ADVERTISEMENT -

नेपालको कूल जनसंख्यामध्ये आधाभन्दा बढीमा क्षयरोग (टीबी) को किटाणु हुने गरेको तथ्यांक सार्वजनिक

प्रकाशित मिति: २०७५ चैत १०, आइतबार

999
Shares

काठमाडौं, १० चैत्र २०७५ । नेपालको कूल जनसंख्यामध्ये आधाभन्दा बढीमा क्षयरोग (टीबी) को किटाणु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्षयरोग दिवसको छेको पारेर राष्ट्रिय क्षयरोग केन्द्रले दिएको जानकारी अनुसार, नेपालको करीब ३ करोड जनसंख्यामध्ये डेढ करोडमा क्षयरोगका किटाणु सुषुप्त रुपमा रहने गरेको छ । साथै नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी थपिने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

नेपालमा प्रत्येक बर्ष थपिने टीबीका ४५ हजार नयाँ बिरामीसँगै पुराना करीब १५ हजार गरी बार्षिक ६० हजारको उपचार हुने गरेको आंकलन गरिएको केन्द्रले जनाएको छ । हाल नेपालमा क्षयरोग पत्ता लाग्ने दर प्रतिलाख १ सय १२ पुगेको छ । गएको बर्ष नयाँ क्षयरोगी ४४ हजार फेला परेपनि यसपाली ४५ हजार पुगेको छ ।

वर्षेनी ४५ हजार नयाँ क्षयरोगी थपिने गरेपनि उपचारको दायरामा भने करीब ३२ हजार मात्रै आउने गरेको केन्द्रले जनाएको छ। बर्षेनी थपिने नयाँ रोगी र उपचारमा आउनेको आँकडा हेर्दा, थप १३ हजारलाई खोजेर उपचारको दायरामा ल्याउनुपर्ने चुनौती आइपरेको केन्द्रका अनुगमन मुल्यांकन निगरानी तथा अनुसन्धान शाखा प्रमुख अनिल थापाको भनाइ छ। उपचारको पहुँच बाहिरका १३ हजार क्षयरोगीबाट अरु हजारौंलाई रोग सार्न सक्ने जोखिम अझै चुनौतीपूर्ण बनेको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा भिमसिंह टिङकरीले स्वीकारे ।

सबभन्दा बढीमा फोक्सोको संक्रमण
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालका करीब ५० प्रतिशत जनसंख्या क्षयरोगको जोखिममा रहेकोमा बर्षेनी ५ देखि ७ हजारको यही रोगका कारण मृत्यु हुने गरेका छन् । क्षयरोगीहरुको उमेर समुह धेरैजसो उत्पादक उमेर समुह अर्थात १५ देखि ४९ बर्ष देखिएको छ । नेपालमा हुने क्षयरोगमध्ये सबैभन्दा बढी ९० प्रतिशत त फोक्सो कै क्षयरोग हुने गरेको छ । यी बाहेक घाटीको ग्रन्थी, पाठेघर, पेट, कलेजो, मुटुको झिल्ली, मृगौला, मस्तिष्क र ढाडको हड्डीमा क्षयरोगको संक्रमण देखिने गरेको छ्।

एचआइभी संक्रमितमा क्षयरोगको खतरा ६ गुणा बढी
एचआइभी तथा एड्स संक्रमित भएकामा टीबी भाइरसको संक्रमण दर ६ गुणा बढी देखिने गरेको छ । नेपाल सरकारले क्षयरोगको उपचारमा सन १९९६ देखि प्रभावकारी सेवा डट्स उपचार विधि सुरु गरेको हो । नेपालमा क्षयरोगको उपचारका लागि ४ जिल्लाबाट सुरु गरिएकोमा, यो सेवा अहिले देशभर ४ हजार ३२३ डट्स सेवा केन्द्रमा छन् । सन् २०१६ सम्ममा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्ममा ७७ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिइएको छ । यस प्रविधी क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ।

नेपाल सरकारले क्षयरोग को उपचार निःशुल्क गरी सन् २०३५ सम्म क्षयरोग निर्मुल पार्ने र क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने लक्ष्य राखेको छ । सुशुप्त रुपमा रहेको क्षयरोग व्यवस्थापन गर्नका लागि युएनको उच्चस्तरीय बैठकले विश्वमै स्न २०२२ सम्ममा ५ बर्षमुनीका ४० लाख बच्चा र ७० लाख एचआइभी संक्रमित व्यक्तिलाई क्षयरोग रोकथामको लागि उपचार गर्ने लक्ष्य लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -