- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

दोस्रो प्रयासमा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका तेस्रो तहका नेता पक्राउ

March 23, 2019
1150
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, चैत ९

नेपाल प्रहरीको दोस्रो प्रयासमा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका तेस्रो तहका नेता पक्राउ परेका छन् । यसअघि काभ्रेको काफलडाँडामा गरेको अपरेसनका क्रममा भाग्न सफल विप्लव समुहका स्थायी समिति सदस्य तथा मध्य कमान्डर हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित ९ जनालाई गएराति पक्राउ गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

प्रदेश ३ प्रहरी, महानगरीय अपराध महाशाखा, विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको सयुक्त टोलीले ओलीलाइ नियन्त्रणमा लिएको बताइएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनिहरुलाई काभ्रेबाट भाडाको बा १७ च ४८९३नम्बरको स्कारपियो जिपमा काठमाडौंतर्फ आउँदै गर्दा नियन्त्रणमा लिइएको हो। महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक उच्च अधिकारीका अनुसार उनिहरुलाई काभ्रेको खानीखोला–७, मिल्चेबाट प्रहरीले पक्राउ गरेको बताइएको छ ।

उनीसहित विप्लव नेकपाका ९ नेता कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उच्च प्रहरी स्रोतका अनुसार सुदर्शनसहितको टोली काठमाडौं आइरहेका बेला अपरेसनमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । सुदर्शनसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका हुन्। अन्य नेता कुन तहका हुन भन्ने खुलिसकेको छैन।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले उनीहरूलाइ काठमाडौं ल्याउने तयारी गरिररहेको छ। पक्राउ परेका सुदर्शनसहितका नेतालाई काठमाडौं नगर प्रहरीमा राखिने छ। विप्लव नेकपाका तीनवटा कमान्डमध्ये उपत्यका हेर्ने मध्य कमान्डका प्रमुख हुन् सुदर्शन। उनले गत फागुन १० गते ललितपुरको नख्खुमा एनसेल मुख्यालय बाहिर भएको बम विस्फोटको जिम्मेवारी लिएका थिए।

बिस्फोटमा एकजनाको मृत्यु र दुइजना घाइते भएका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com