- ADVERTISEMENT -

हिन्दुराष्ट्रका विषयमा जनमत संग्रह गर्नुपर्ने भनेर शिर्ष नेताले नै भन्न थालेपछि नेपाली कांग्रेसमा रडाको मच्चिन थाल्यो

March 22, 2019
1077
Shares
- ADVERTISEMENT -

काठमाडौं, चैत ८

हिन्दुराष्ट्रका विषयमा जनमत संग्रह गर्नुपर्ने भनेर शिर्ष नेताले नै भन्न थालेपछि नेपाली कांग्रेसमा रडाको मच्चिन थालेको छ । महामन्त्री शशांक कोइरालाले हिन्दुराष्ट्रसहित संघीयता र गणतन्त्रका विषयमा पनि जनमत संग्रह गर्न सकिन्छ भनेर अभिव्यक्ति दिएपछि विवाद चुलिएको हो ।

- ADVERTISEMENT -

Advertisement

कांग्रेसका युवा नेता गगन थापाले त्यसमा कडा आपत्ति जनाउनु भएको छ । नेता थापाले पार्टीका महामन्त्री कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका हुन् । नेता थापाले महामन्त्री कोइरालाप्रति संकेत गर्दै पार्टीभित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरूले गरिरहे पार्टी ठूलो भडखालोमा जाकिने चेतावनी पनि दिनुभयो ।

उहाले नेताहरूलाई पार्टी भड्खालको जाने र नेता कार्यकर्ता आफैँ अलमलमा पार्ने खालको अभिव्यक्ति नदिन पनि आग्रह गर्नुभयो ।

शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गिरिजाप्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको सूत्रलाई आत्मसात गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -