२०८३ वैशाख २८, सोमबार
८:५३:५७ बिहान
- ADVERTISEMENT -

‘गोरखा कृषि, जलविद्युत र जडीबुटीको उर्वर’

प्रकाशित मिति: २०७५ चैत ८, शुक्रबार

1747
Shares

गोर्खा, ८ चैत्र २०७५ । जन्मथलो गोरखा भएर विभिन्न सिलसिलामा जन्मस्थान बाहिर रहेका व्यक्तिहरूले जिल्लाको समग्र विकास निर्माण र गोरखाली जनताको समृद्धिको आकाङ्क्षा हासिल गर्न बहस थालेका छन् ।

गोरखा विकास मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा राजनीतिज्ञ, विभिन्न पेशा, व्यवसायमा छरिएर रहेका व्यक्तित्व, विविध क्षेत्र र विधाका विषयविज्ञले जिल्लाको सामाजिक आर्थिक विकासका लागि सामूहिक प्रतिज्ञा गरे । यसै क्रममा बिहीबार गोरखा जिल्लामा कृषिको विकासका सम्भावना एवं चुनौती विषयको अन्तरक्रिया आयोजना गरियो । अन्तरक्रियामा सहभागीले गोरखा कृषि तथा जडीबुटीको अत्यन्त सम्भावनायुक्त जिल्ला भएको ठहर गर्दै सङ्घीय, प्रदेश र स्थानीय तहको समन्वयमा कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

सो अवसरमा पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखाको कृषि क्षेत्रका विकासमा बहस केन्द्रित गरिनु निकै सकारात्मक भएको उल्लेख गर्दै कृषिविज्ञले तयार गरेको योजनालाई कार्यान्वयन गर्न कृषकसमक्ष जानुपर्नेमा जोड दिए । नेपालको हरेक परिवर्तनमा गोरखा जिल्लाले अग्रणी भूमिका निर्वाह गरेको जिकिर गर्दै उनले समाजवादोन्मुख समृद्धिको यात्रामा गोरखाले विशेष भूमिका खेल्नुपर्ने बताए । जिल्लाको सामाजिक, आर्थिक विकास र परिवर्तनका लागि आफू क्रियाशील रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दै उनले सामाजिक न्यायसहितको समृद्धि हासिल गरेको जिल्लाका रूपमा गोरखाले नमूना पेश गर्नुपर्ने बताए ।

पूर्वमन्त्री एवं नेकपाका गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले कृषिमा यान्त्रिकीकरणविना उत्पादन र आत्मनिर्भर सम्भव नभएको उल्लेख गर्दै कृषि उत्पादन वृद्धि गर्न सिँचाइलाई समेत ध्यान दिनुपर्ने बताए । कृषिकर्म गर्ने जनशक्तिको अभाव हुँदै गएको आफूले देखेको अनुभव सुनाउँदै उनले यान्त्रिकीकरणले जनशक्ति अभावको समस्या केही हदसम्म सम्बोधन गर्ने र शिक्षित जनशक्तिसमेत कृषि पेशामा आकर्षित हुनसक्ने बताए ।

गोरखा क्षेत्र नं १ का सांसद हरिराज अधिकारीले सामन्तवादी उत्पादन प्रणालीको समूल नष्ट नगरी समाजवादी कृषि प्रणाली लागू हुन नसक्ने जिकिर गर्दै सोहीअनुसारको नीति, नियम तर्जुमा गरिनुपर्ने बताए ।

गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापाले हावापानी र माटोअनुकूलको कृषि उत्पादनका लागि प्रदेश सरकारले एक पालिका एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । दरौदी करिडोरलाई माछा र धान उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिने उल्लेख गर्दै उनले उत्पादनको बजारीकरण र प्रशोधनका लागि उद्योग भित्र्याउनेतर्फ प्रदेश सरकार सचेत रहेको बताए ।

कृषि विभागका उपमहानिर्देशक रेवतीरमण पौडेलले भौगोलिक वातावरणअनुकूलका कृषि उत्पादनमा जोड दिँदै हिमाली क्षेत्रमा स्याउ, ओखर, अङ्गुरलगायत फलफूल खेती गर्न सकिने बताए । पकेट क्षेत्र निर्धारण गरेर उत्पादन गर्नसके रोजगार सिर्जना हुने र कृषिप्रति आकर्षण बढाउन सकिने उनको भनाइ थियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनीलबाबु श्रेष्ठले स्थानीय सरकारले नै कृषिसम्बन्धी नीति कडाइका साथ लागू गर्नुपर्ने बताए । उनले कागजमा आधारित नभई उत्पादनमा आधारित रहेर कृषकलाई अनुदान दिइनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव सुरोज पोखरेल र कृषिविज्ञ गणेशकुमार श्रेष्ठले गोरखा जिल्लामा कृषि, जडीबुटीको सम्भावना, अवस्था र तीनै तहका सरकारले भावी दिनमा निर्वाह गर्नुपर्ने भूमिकासहितको समृद्ध गोरखाका निमित्त कृषि विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रले भौगोलिक क्षेत्र र बनावटअनुसार पकेट क्षेत्र निर्धारण गरेर खेती प्रणाली अपनाउन सुझाव दिएको छ ।

जिल्लाको विकास निर्माण र जनताको जीवनस्तरमा अनुभूत हुने गरी परिवर्तन महसुस गराउन गत पुसमा मञ्चको स्थापना भएको थियो । समृद्धिको मार्ग पहिल्याउन विभिन्न विषयगत क्षेत्रमा विज्ञका तर्फबाट छलफल तथा बहस गरिने मञ्चका उपाध्यक्ष धनबहादुर श्रेष्ठले जानकारी दिए । कृषि क्षेत्रको सम्भावनाका बारेमा बहस थालेको मञ्चले आगामी दिनमा पर्यटन, भौतिक पूर्वाधारका विषयमा बृहत् अन्तरक्रिया गरिने उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -