२०८३ जेठ ५, मंगलबार
२:५१:०१ राति
- ADVERTISEMENT -

नेपाल लगानी सम्मेलन तीन आकर्षक परियोजना प्रस्ताव गोपालचन्द्र सुवेदी

प्रकाशित मिति: २०७५ चैत ८, शुक्रबार

1105
Shares

काठमाडौँ, चैत ८ गते । आसन्न लगानी सम्मेलनमा औद्योगिक पूर्वाधारका क्षेत्रका तीनवटा महत्वपूर्ण आयोजनाको लगानीकर्ता समक्ष पेश गरिने भएको छ ।

लगानी बोर्डको कार्यालयले बाँकेको नौबस्ता, रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र र बाराको सिमरामा विशेष आर्थिक क्षेत्र निर्माण (सेज) को प्रस्ताव तयार गरेको हो ।

देशलाई औद्योगीकरणका दिशामा लैजान राष्ट्रिय पुँजीमात्र पर्याप्त नहुने भएकाले तीनवटा महत्वपूर्ण आयोजना वैदेशिक लगानीका लागि प्रस्ताव गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव यमकुमारी खतिवडाले यी आयोजना दीर्घकालीन महत्वका रहेको दाबी गर्नुभयो ।

अर्थतन्त्रमा आयातको दबाबलाई कम गर्दै राष्ट्रिय खपतका बस्तु स्वदेशमै उत्पादन गर्ने तथा निर्यातलक्षित उद्योगसमेत सञ्चालन हुनेगरी यी आयोजना लगानीकर्ता माझ प्रस्ताव गर्न लागिएको लगानी बोर्डको कार्यालयले स्पष्ट पारेको छ ।

देश सङ्घीयतामा गएसँंगै सरकारले सातै प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेअनुरुप नौबस्ता, मोतिपुर औद्योगिक क्षेत्र र सिमरा सेजको सम्भाव्यता अध्ययन भएको थियो । त्यसैलाई आधार मान्दै बोर्डले लगानीकर्ता भित्र्याउन यी आकर्षक आयोजना प्रस्ताव गर्ने भएको हो ।

प्रत्येक प्रदेशमा एक—एकवटा औद्योगिक क्षेत्र भनिए पनि प्रदेश ५ मै रुपन्देहीको मोतिपुर बाँकेको नौबस्ता दुईवटै आयोजना लगानीकर्ताका सामुन्ने आउने भएका छन् ।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र औद्योगिक पूर्वाधारका महत्वपूर्ण स्थल हुनेछन् । स्थानीयले समेत लामो समयदेखि प्रतीक्षा गरेको मोतिपुर औद्योगिक क्षेत्रको विकास तथा सञ्चालन आकर्षक आयोजना मानिएको यो आयोजनाका लागि आठ अर्ब ८२ करोड रुपियाँ लगानी प्रस्ताव गरिएको छ । यो औद्योगिक क्षेत्रमा ५४४ औद्योगिक युनिट उपलब्ध हुने अध्ययनले देखाएको छ ।

मोतिपुर क्षेत्रले सियारी गाउँपालिका, तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका र शुद्धोधन गाउँपालिकाको करिब ५५० हेक्टर क्षेत्रफल ओगट्ने छ । लगानीको बोर्डको अध्ययनले यो औद्योगिक क्षेत्रमा कृषि तथा वन, निर्माण, ऊर्जा, उत्पादन सेवा तथा सूचना प्रविधिका उद्योग सञ्चालन गर्न उपयुक्त हुने देखिएको छ ।

बुटवलमा रहेको मौजुदा औद्योगिक क्षेत्रमा थप उद्योग सञ्चालन गर्न स्थान अभाव हुँदैआएको अवस्थामा मोतिपुर औद्योगिक क्षेत्र अत्यावश्क रहेको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिनुभयो ।

“बुटवल औद्योगिक र व्यापारिक हवका रूपमा विकसित भइसकेको छ,” उपप्रमुख आचार्यले थप्नुभयो, “नयाँ उद्योग खोल्न थप पूर्वाधारसहितको नयाँ औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउन सके यो प्रदेशमात्र होइन, मुलुककै समृद्विमा योगदान पुग्नेछ ।”

बाँकेको विजयनाथ गाँउपालिकामा करिब २२४ हेक्टर क्षेत्र समेटेर औद्योगिक क्षेत्र विकास तथा सञ्चालन गर्नेगरी नौबस्ता परियोजना प्रस्ताव गरिएको छ । सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप विकास गर्न खोजिएको यो आयोजनाका लागि करिब आठ अर्ब ५३ करोड रुपियाँ लगानी अनुमान गरिएको छ । लगानीकर्ताले यो परियोजना स्वीकार गरेमा एक वर्षभित्र वित्तीय व्यवस्थापन र पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

सचिव खतिवडाका अनुसार सबै प्रदेशमा यस्ता औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारको लक्ष्य रहे पनि प्रदेश ५ का यी दुई औद्योगिक क्षेत्र र सिमरा सेज लगानीकर्ताका लागि असाध्यै आकर्षक हुन सक्छन् । “यी आयोजना राष्ट्रिय अर्थतन्त्र र लगानीकर्ता दुवैका लागि हितकारी छन्,” उहाँले थप्नुभयो, “सरकारले विदेशी लगानी भित्र्याउन सहज हुनेगरी विभिन्न नीतिगत तथा कानुनी व्यवस्था सुधार पनि गरिसकेको छ, कानुनले तोकेका सुविधा उपलब्ध गराउन सरकार क्रियाशील हुनेछ ।”

सचिव खतिवडाका अनुसार निर्यातमूलक उद्योग प्रवद्र्धन गर्नेगरी लगानी सम्मेलनमा प्रदेश २ बाराको सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको प्रस्ताव पनि पेश गरिएको छ ।

करिब चार अर्ब ९३ करोड रुपियाँ लागत गढिमाई नगरपालिकाको १२० हेक्टर क्षेत्रफल समेटेर तयार गर्न लागिएको सेजमा नुडल्स, दुग्घ उत्पादन, छाला, जडिबुटी, स्टिल, सिमेन्टजस्ता उद्योगहरु सञ्चालन गर्न सम्भाव्य हुने लगानी बोर्डको कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -