२०८३ जेठ ५, मंगलबार
२:५२:१३ राति
- ADVERTISEMENT -

गिरिजाप्रसाद कोइरालाको आज नवौँ स्मृति दिवस

प्रकाशित मिति: २०७५ चैत ७, बिहीबार

3313
Shares

काठमाडौँ, चैत ७ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायकका पनि नायक गिरिजाप्रसाद कोइरालाको आज नवौँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

कोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहर्षामा निर्वासत जीवन बिताइरहेको समयमा वि.सं. १९८१ मा कोइरालाको जन्म भएको थियो ।

कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाका कान्छा छोरा गिरिजाप्रसादको पूरै जीवन राजनीतिमै बित्यो ।
नेकपा कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल गिरिजाप्रसाद कोइरालाले सुरु गरेको शान्ति प्रक्रियालाई अब पनि दिगो शान्तिका रुपमा अगाडि बढाउन अहिलेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबीच उच्चस्तरको सहमति आवश्यक रहेको बताउनुहुन्छ ।

वरिष्ठ नेता खनालले भन्नुभयो, ‘‘गिरिजाप्रसाद कोइराला लामो समयसम्म कम्युनिस्टसँग एकता नगर्ने पक्षमा उभिनुभयो तर जीवनको अन्तिमतिर आएपछि उहाँ कम्युनिस्टसँग सम्झौता गरेर जानुपर्ने पक्षमा उभिनुभयो । उहाँले १० वर्षसम्म युद्धमा रहेको नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याउने अगुवाइ गर्नुभयो, शान्ति सम्झौता गर्नुभयो र मुलुकमा शान्ति स्थापना गर्न महत्वपूर्ण निर्णय गर्नुभयो ।

’’पूर्वप्रधानमन्त्री खनालले मुलुकलाई अहिले पनि दिगो शान्ति चाहिएको छ र कोइरालाले स्थापना गर्नुभएको शान्तिलाई सुदृढ बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘‘यस्तो बेलामा नेकपा जस्तो शक्तिशाली पार्टी र प्रमुख विपक्षी दल नेपाली काँग्रेसबीच अहिले उच्चस्तरको सहमति आवश्यकता छ । त्यो समझदारी निर्माण गर्ने क्रममा दुवै पार्टीका नेताले गिरिजाप्रसाद कोइरालाले अन्त्यमा यी दुई शक्तिका बीचमा गरेको एकताको भावनाबाट सिक्न जरुरी छ ।’’

मजदुरदेखि राष्ट्राध्यक्षसम्म
नेपाली राजनीतिमा उहाँ नेपाल ट्रेड युनियन काँग्रेसको संस्थापक अध्यक्ष हुनुभयो । वि.सं. २०१७ मा तत्कालीन राजा महेन्द्रबाट प्रजातन्त्रको अपहरण भएपछि उहाँले तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र अरू सयौँ नेतासँग नजरबन्द र त्यसपछि काराबास सजाय भोग्नुभयो ।

उहाँले चार वर्षको काराबकासपछि २१ दिन भोक–हडताल गर्नुभयो र छुटेर उहाँ भारत प्रवासमा जानुभयो । उहाँ २०३२ सालमा भारतको पटनामा भएको काँग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वाचित हुनुभयो ।

उहाँ लामो समयसम्म महामन्त्री र पार्टी सभापति पनि हुनुभयो । २०४६ सालको जनआन्दोलनका बेला उहाँ नै महामन्त्री हुनुहुन्थ्यो र २०४८ को आमनिर्वाचनपछि जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । उहाँकै कार्यकालमा नेपालमा खुला अर्थतन्त्रको सुरुवात भयो र नेपालमा निजी क्षेत्रको विकास तीव्ररुपमा अगाडि बढ्यो ।

पटकपटक नेपालको प्रधानमन्त्री हुनुभएका कोइराला आफ्नो भनाइ पूरा गर्ने राजनेताको रुपमा परिचित हुनुहुन्थ्यो । २०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिस्टप्रति कडा रूपमा प्रस्तुत हुने कोइरालाको छवि ‘कम्युनिस्ट विरोधी’ नेताका रूपमा चित्रित थियो तर झण्डै १६ वर्षको अवधिमा उहाँको राजनीतिक जीवनमा ठूलै परिवर्तन आयो ।
सुरुमा द्वन्द्वरत नेकपा माओवादीलाई निस्तेज पार्न चालेको कदमका कारण उहाँ त्यतिबेला कम्युनिस्टका लागि अनुदार व्यक्तिका रूपमा चित्रित हुनुभयो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशमा सङ्कटकाल लगाई उहाँलगायत अन्य संसद्वादी दलका नेतालाई नजरबन्द र गिरफ्तार गरेपछि कोइरालाले २०६२ सालमा ‘जनयुद्ध’ लडिरहेको तत्कालीन नेकपा माओवादी पार्टीसँग समेत हातेमालो गर्नुभयो ।

राजतन्त्रविरोधी आन्दोलनको अगुवा
युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि काँग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो तर कोइरालाको व्यक्तित्वका अगाडि त्यो विरोध गौण बन्यो । पहिले वैधानिक राजतन्त्रका समर्थक कोइरालाले नै झण्डै अढाइ सय वर्ष पुरानो राजतन्त्रविरुद्ध आन्दोलनको अगुवाइ गर्नुभयो । लोकतन्त्र स्थापना भइसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रमै रहनुभयो । उहाँले १० वर्ष लामो सशस्त्र युद्ध गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर नेतृत्व प्रदान गर्नुभयो ।

जनआन्दोलनले उत्कर्ष हासिल गरेपछि २०६३ वैशाख ११ गते प्रतिनिधि सभाको पुनर्बहाली भयो र सात दलका नेताको समर्थनमा कोइराला पुनः प्रधानमन्त्री हुनुभयो ।

कोइरालाकै नेतृत्वमा राजाका सबै अधिकार खोसिए र नेपाली सेनालाई संसद्को नियन्त्रणमा ल्याइयो ।संविधानसभाको निर्वाचन सम्पन्न गरेपछि उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो ।

शान्ति प्रक्रियाका नायक
लोकतन्त्र प्राप्तिपछि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’ को सम्मान पाउनु भएका कोइराला सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल हुनुभएकाले पनि उहाँको नाम नेपालको राजनीतिक इतिहासमा चर्चित नै छ । संवैधानिक राजतन्त्रको पक्षमा रहेको काँग्रेस पार्टीलाई उहाँ पार्टी सभापति हुँदा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजान सफल हुनुभयो ।

वि.सं. २०६३ कात्तिक २१ गते कोइराला तथा सात दलका नेताले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सँग मिलेर जनविद्रोहको अन्त्य र संविधानसभाको निर्वाचन गराउने सम्झौतामा हस्ताक्षर गर्नुभयो । वि.सं. २०६३ मङ्सिर ५ गते सरकारको तर्फबाट प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरी ऐतिहासिक रूपमा ‘हिंसा र अशान्ति’ को राजनीतिलाई विश्राम दिने कार्य भयो ।

पहिलो संविधानसभाको निर्वाचन गराउनुभएका कोइराला नेपालको पहिलो नागरिक राष्ट्राध्यक्ष हुनुभयो । उहाँ प्रधानमन्त्री हुँदा नै संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लाने निर्णय ग¥यो र राजतन्त्रको अन्त्य भयो ।

विना रक्तपात २४० वर्ष पुरानो शाह राजतन्त्रलाई विस्थापत गर्न सफल हुनुभएकाले कोइरालालाई कतिपय राजनीतिज्ञले ‘क्रान्ति नायक, क्रान्तिकारी योद्धा’ को संज्ञा दिएका छन् । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ गते शनिबार मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको निवासमा निधन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -