- ADVERTISEMENT -

धर्मबारे जनमत संग्रह गर्न सरकारलाई दबाव दिऔं : शशांक कोइराला

March 20, 2019
856
Shares
- ADVERTISEMENT -

काठमाडौं, ६ चैत्र २०७५ । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले धर्मबारे जनमत संग्रह गर्न सबैले सरकारमाथि दबाव बढाउनुपर्ने बताएका छन् ।

टोखास्थित आफ्नै निवासमा बुधबार होलीको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले जनमत संग्रहको वकालत गर्नु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

धर्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्ने गर्ने दुई विकल्प रहेको भन्दै उहाले भन्नुभयो, ‘कांग्रेसको चार तारे झण्डाको एउटा तार धर्म स्वतन्त्रताका लागि हो । धर्म न स्वतन्त्र हुन्छ न सापेक्ष हुन्छ ।’

आफूलाई तीन पटक जिताएर पठाएका धेरै जनता हिन्दु धर्मावलम्बी रहेको भन्दै उहाले धार्मिक स्वतन्त्रता नभन्ने हो भने जनमत संग्रह गर्नुपर्ने बताउनु भयो । ‘जनमत गराउनुपर्‍यो, जसमा पार्टीले हस्तक्षेप गर्नु हुँदैन ।’ उहाले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

धर्म निरपेक्षिता लेखिँदा कोही नबालेको भन्दै उनले जनमत संग्रहका लागि सबैले सरकारलाई दबाव दिनुपर्ने बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -