काठमाडौं, चैत ६

प्रहरीले विशेष सुराकीका आधारमा विप्लव समुहका चार जना कमाण्डरलाई गएराति पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा विप्लव समूहसँग गोली हानाहान भएपछि सर्च अभियानको क्रममा चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

केही समय अघि उपत्यकाको विभिन्न स्थानमा एकजना सर्वसाधारणको ज्यानसमेत जाने गरी भएका बिस्फोट अनुशन्धानको क्रममा प्राप्त सूचनाका आधारमा काभ्रे पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोली र नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको बताइएको छ। विशेष सुराकी प्राप्त भएपछि महाशाखाको टोली काभ्रे प्रहरीलाई समेत थाहा नदिई त्यो ठाउ पुगेको थियो । त्यहा पुगेपछि मात्र स्थानीय प्रहरीलाई खवर गरिएको स्रोतको दावी छ ।

प्रहरी देख्नेवित्तिकै पाँच सात जनाको समुहमा रहेका उनिहरुले फायरिङ खोलेको बताइएको छ । त्यसपछि प्रहरीले पनि जवाफी फायरिङ खोलेको दावी गरिएको छ । त्यस क्रममा उनिहरु भागेका थिए । त्यसपछि राति अबेरसम्म खानतलासी गर्ने क्रममा विप्लव समूहका चार सदस्य पक्राउ गरिएको र ती मध्यकमान्डर रहेको प्रहरीको उच्च स्रोतले दाबी गरेको छ।

उनीहरूलाई काठमाडौं ल्याइसकिएको बताइएको छ। तर उनीहरूको परिचय भने प्रहरीले गोप्य राखेको छ। यद्यपी हतियारसहितको कार्यकर्ता भने फरार भएको बुधबार बिहान ४ बजे मात्रै काठमाडौं आईपुगेका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

केही समयअघि ललितपुरको नख्खुमा एक जनाको ज्यान जाने गरी विस्फोट गरेपछि प्रहरीले विप्लव समूहप्रति निगरानी बढाएको छ। सोही घटना अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा काभ्रे पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नेकपाका कार्यकर्तालाई नियन्त्रणमा लिन खोज्दा गोली हानाहान भएको बताइएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्