काभ्रेपलाञ्चोक, ५ चैत्र २०७५ । काभ्रेमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्तामाथि कार्वाही गरेको छ। सरकारी प्रतिवन्धसँगै आक्रामक भएको प्रहरी प्रशासनले काभ्रेमा कार्वाही गरेको हो।
नेकपाका हतियारधारी समहू रहेको जानकारीका आधारमा गएको महानगरीय प्रहरी अपराध महाशाखा टोली रोशी गाउँपालिकाको आसपास पुगेको जानकारी पाए लगत्तै प्रहरीमाथि आक्रमण भएको प्रहरी दावी छ। प्रहरीले आफ्नोतर्फबाट जवाफी फायरिङ गरेको दावी गरेको छ।
महाशाखाका एसपी सोमेन्द्र राठौर र डिएसपी रुगम कुँवर नेतृत्वको टोली त्यहाँ पुगेको थियो। महाशाखाका एसपी केदार ढकालले घटनाबारे पूरै विवरण आइनसकेको तथा घटनामा प्रहरीतर्फ कुनै क्षति नभएको बताए ।