- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा प्रमाण मेटाउन भूमिका खेलेको आरोप

March 19, 2019
1342
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कन्चनपुर, चैत्र ५ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा प्रमाण मेटाउन भूमिका खेलेको आरोप लागेका एसपी डिल्लीराज विष्ट जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका छन् । उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् ।

उपस्थित भएसँगै विष्टसँग बयान लिने काम भएको छ । बयान सकिएमा थुनछेक बहस हुने छ । यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन् । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com