२०८३ वैशाख २८, सोमबार
९:०५:४१ बिहान
- ADVERTISEMENT -

अविवाहित सुत्केरी गोरखा अस्पतालको प्रसुती कक्षको सात नम्बर शैयामा

प्रकाशित मिति: २०७५ चैत ५, मंगलबार

1270
Shares

गोरखा, ५ चैत्र, २०७५ । चुमनुब्री गाउँपालिकाकी १७ बर्षीया एक अविवाहित सुत्केरी गोरखा अस्पतालको प्रसुती कक्षको सात नंबर शैयामा बिगत छ दिनदेखि स्वास्थ्य लाभ गरिरहेकी छन् । चौथो दिनसम्म अभिभावक बिहिन उनलाई सोलुखुम्बुका दिपक थापाले हेरचाह गरे । पाँचौं दिनमा दुई जना दाजुहरु आएपछि थापा आफ्नो काममा लागे ।

सुत्केरीको मौखिक उजुरीको आधारमा धार्चे गाउँपालिका ७ भीरकुनाका राते भनिने छमबहादुर गुरुङलाई लार्के प्रहरी चौकीबाट खटिएका प्रहरीले पक्राउ गरी ल्यायो । सुरुमा बच्चा आफ्नो भनेर अस्वीकार गरे पनि सुत्केरीसंग भेट गराएपछि उनले बच्चा स्वीकार गरेका जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए । सुत्केरीसंगको भेटमा गुरुङले अबदेखि आ(आफ्नो बाटो हिड्न दबाब दिन थाले । ‘जे हुनु भयो, अब तिमी आफ्नो बाटो हिड, म आफ्नो बाटो हिड्छु किनभने तिमीसंग बिहे गरेँ भने मेरो अर्को श्रीमती छ । तिमीलाई पनि टेन्सन, मलाई पनि टेन्सन, मेरो श्रीमतीलाई पनि टेन्सन’, अपरेशन गरेर बच्चा निकालिएकी छ दिनको सुत्केरीसंग गुरुङले अस्पतालको शैयामा भने, ‘बरु मैले के गर्नुपर्छ गर्छु ।’ छ महिना पछि पहिलो पटक भेट भएका रातेको निष्ठुर बचन सुनेपछि किशोरीले अझै अन्तिम प्रयास गरिन्, ‘अहँ, म त तिमीसितै बिहे गर्ने हो ।’ रातेसित आएकी जेठी श्रीमतीले पीडा पोखिन्, ‘ए, हुन्छ नि । उसोभए म कता जाने हो, बाटो देखाइदे ?’ साथमा आएकी उसकी श्रीमतीको पीडासंग जब सुत्केरी किशोरीको पीडा ठोक्कियो तब रातेसंग बिहे गर्ने सपना चकनाचुर भयो ।

अब सुरु भयो पैसाको ‘बार्गेनिङ’ ।
आफूलाई १० देखि १५ लाख रुपियाँसम्म चाहिने किशोरीको दाबी रह्यो । तर रातेले भने दुईलाखबाट बार्नेनिङ सुरु गरे । दस, पन्द्रलाख रुपियाँ अहिले दियो भने पछि नाबालक पाल्न धौ पर्ने, नाबालकले दुख पाउने घुर्की र चेतावनीपछि सुत्केरी किशोरी पाँच लाखसम्म झरिन् । ‘पाँचलाख भन्दा त घट्दै घट्दिन’ भनेर किशोरीले चारफेर अडान लिएपछि राते तीनलाखसम्म दिन तयार भए ।

पैसाको बार्गेनिङको रोहोबरमा प्रहरी असई, किशोरीका चिनजान का दिदीबहिनीहरु रातेका मामा लगायतका साथीभाइ पनि थिए । अन्ततः एकसाताभित्र तीनलाख रुपियाँ दिने, छ बर्षपछि बच्चाको जिम्मा लिने, बच्चाको नागरिकता, जन्मदर्ता बनाइदिने मौखिक सहमतिमा प्रहरीले रातेलाई आफन्तको जिम्मा लगाएर पठायो । ‘उनीहरुको बाहिर, बाहिरै के सहमति बन्यो हामीलाई थाहा भएन । हामीले बोलाएको बेला आउने सर्तमा उसलाई रिहा ग¥यौं’, एसपी रावलले भने, ‘कि जबर्जस्ती करणी भनेर हामीलाई उजुरी आएको भए, कि बहुबिबाह भनेर उजुरी आएको भए मुद्दा चलाउन सकिन्थ्यो ।’ कुनै खालको लिखित निवेदन नआएकाले कारबाही अघि बढाउन नसकिएको रावलको तर्क छ । ‘पहिलो कुरा त कुनै मागदाबीको निवेदन नै हामीसंग परेको छैन’ घटनाको अनुसन्धान गरेकी प्रहरी निरीक्षक कमला नराल भन्छिन्, ‘श्रीमान, श्रीमतीको नाता कायम गराइदिउँ भने २० बर्ष नपुगेकीलाई बिहे गराइदिन पनि हुदैन । त्यसमाथि पनि बहुबिबाह गराइदिन हुदैन । जबर्जस्ती करण भनुँ दुवै जनाले सहमतिमै भएको स्वीकार गरिसकेका छन् । असजिलो परिस्थिति परेकाले बाहिरै मिलेर आए अनुसार रिहा गरिएको हो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -