Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:३६ बिहान
- ADVERTISEMENT -

होली पर्व नजिकिएसँगै सुरक्षामा कडाइ गरीने

प्रकाशित मिति: २०७५ चैत ५, मंगलबार

1359
Shares

काठमाडौंँ, चैत ५ गते । होली पर्व नजिकिएसँगै विगतमा राजधानीका सडक–गल्लीमा महिला तथा किशोरीमाथि पानी छ्याप्ने र लोला हान्ने विकृति व्यापक थियो ।

होलीको एक हप्ता अघिदेखि विद्यालय कलेज बन्द हुन्थे तर अहिले यस्ता घटनामा कमी आएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र वोगटीले भन्नुभयो, ‘टोलटोलमा जनचेतना र प्रहरी सक्रियता नै यस्को मुख्य उपलब्धी हो ।’

महानगरीय प्रहरी परिसरका प्रमुख वसन्तकुमार लामाले जवरजस्ती लोला हान्ने, फोहर पानी छ्याप्ने र मदिरा सेवन गरी झगडा गर्नेविरुद्ध प्रहरी कन्ट्रालको फोन नं १०० मा खवर गर्न आग्रह गर्नुभयो ।

पर्यटकीयस्थल ठमेल, वसन्तपुर र दरबारमार्गलगायतका क्षेत्रमा घुम्न आउने महिला पर्यटकहरूमाथि अश्लील क्रियाकलाप गर्ने विरुद्ध पर्यटक प्रहरी परिचालन गरिएको परिसरले जनाएको छ ।
‘मर्यादित र सु–सस्कृतढंगले होली पर्व मनाऔं’, विकृति रहितको होली हाम्रो मौलिक पहिचान’ नारा दिएर विभिन्न ठाउँमा ¥याली तथा माइकिङ कार्यक्रम सञ्चालन गरिएको छ ।

रङले छाला रोग
यसैबीच रमाइलो र आपसी प्रेमका लागि मनाइने होलीमा सावधानी नअपनाउँदा गम्भीर स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकको भनाइ छ ।
छाला तथा यौन रोग विशेषज्ञ मेलिना मान्नधर भन्नुहुन्छ,‘होली सबैको लागि विशेष पर्व हो । आफ्नो स्वास्थ्य र विशेष गरी छालाको सुरक्षाको ख्याल गरेर मात्र रङ्गहरूको प्रयोग गर्नुपर्छ ।’

प्रेम दिवस
नेपालमा मनाइने प्रेम दिवस फागू पूर्णिमालाई मानिने संस्कृतविद् सत्यमोहन जोशीले बताउनुभयो । उहाँका अनुसार ‘झ्याले दंक तुकङ मा वहे ल्यासे जिता मा…’ नेवार समुदायका युवाले यो बोलको गीत होलीको दिनमा गाउने गर्छन् । सो गीतमा झ्याल भरी सागको माला सजाएर बस्ने युवतीलाई साथी बनाउँछु भन्ने भावना समेटिएको हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -