काठमाडौँ, ५ चैत्र २०७५ । नेपाली कांग्रेसले लामो समयदेखि विवाद हुँदै आएको अनुशासन समितिको टुंगो लगाएको छ। केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेलाई समितिको संयोजकमा चयन गर्ने सहमती भएको हो ।
समितिका सदस्यहरुमा किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल छन् । बाँकी २ जना सदस्यको नाम बरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा दिने सहमति भएको छ ।
बैठकले निर्बाचन समिति गठन गर्ने र नेविसंघको नेतृत्व तोक्ने बिषयमा पनि निर्णय गर्ने बताइएको छ ।
आजको बैठकमा केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, अजयकुमार चौरिसिया, शंकर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राख्नु भएको थियो ।