काठमाडौं, ३ चैत्र २०७५ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारले नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपामाथि प्रितवन्ध लागउनु संविधान विपरित भएको बताएका छन् ।
युवा नेता पौडेलले आइतबार ट्वीट गर्दै सरकारले गैरकानूनी ठहरीएमा व्यक्तिका गतिविधिमाथि प्रतिवन्ध लगाउन सकिने तर दलमाथि प्रतिवन्ध लगाउनु संविधान विपरित भएको बताएका हुन् ।
ट्वीट गर्दै उनले लेखेका छन् “गैरकानुनी ठहरीएमा व्यक्तिका गतिविधिहरुलाई प्रतिवन्ध लगाउन सकिन्छ तर दल माथि नै प्रतिवन्ध लगाउनु संविधान विपरित हो ।” गत साता बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।