काठमाडौँ, चैत्र २ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई पितृशोक परेको छ । नेता श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको आज अपराह्न ३ बजे काठमाडौँको ओम अस्पतालमा निधन भएको हो ।

विसं २००७ देखि नै नेपाली काङ्ग्रेसमा सक्रिय रहेका स्व. श्रेष्ठ २०१५ सालमा भएको आमनिर्वाचनमा काङ्ग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई गोरखाबाट विजयी गराउन सक्रिय भएर लागेका थिए ।

स्व. श्रेष्ठ नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रुपले सहभागी रहँदै आएका थिए । श्रेष्ठको निधनमा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

‘श्रेष्ठको निधनबाट नेपाली काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको छ र पार्टीले एक प्रेरणादायी व्यक्तित्वलाई गुमाएको छ,’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्