२०८३ जेठ ३, आइतबार
६:२७:०९ बेलुका
- ADVERTISEMENT -

नौ लाख विद्यार्थी दश वर्षमा हराए

प्रकाशित मिति: २०७५ चैत ३, आइतबार

910
Shares

काठमाडौँ, चैत ३ गते । वितेको १० वर्षमा नौ लाखभन्दा बढी विद्यार्थी विद्यालयबाट हराएका छन् । वि.सं. २०६६ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिँदैछन् । २०६६ सालमा कक्षा १ मा १३ लाख ६२ हजार ९२० विद्यार्थी भर्ना भएका थिए । दश वर्षमा अर्थात् २०७५ सालमा कक्षा १० मा आइपुग्दा ती विद्यार्थीको सङ्ख्या चार लाख ५६ हजार ४७६ भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यस वर्ष चार लाख ५० हजार १८६ परीक्षार्थी एसईई परीक्षामा सम्मिलित हुँदैछन् । कक्षा १० मा पुगेका विद्यार्थीभन्दा एसईई परीक्षा दिने विद्यार्थी करिव छ हजार कम छन् ।

दश वर्षमा नौ लाख विद्यार्थी हराउनुको वास्तविक कारणबारे सरोकार निकायले खोजी गरेको छैन । बीचैमा पढाइ छाड्ने र कक्षा दोहो¥याउने कारण नै यतिका विद्यार्थी हराएको हुनसक्ने ‘तयारी भनाइ’ शिक्षा निकायका पदाधिकारीले दिने गर्नुभएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक दीपक शर्माले भन्नुभयो, “किन बीचैमा कक्षा छाड्नु प¥यो र किन दोहो¥याउनु प¥यो भन्नेबारे भित्र गएर अनुसन्धान गर्न सकेका छैनौँ तर भर्ना भएकामध्ये आधाभन्दा बढी विद्यार्थी घट्नुको कारण कक्षा छाड्ने र दोहो¥याउने नै हो ।”

वि.सं. २०६६ मा छ लाख ८० हजार ४८२ बालिका र छ लाख ८२ हजार ४३८ बालक विद्यालयमा भर्ना भएका थिए । केन्द्रको तथ्याङ्कअनुसार उनीहरू कक्षा १० मा आइपुग्दा दुई लाख ३६ हजार ३१३ छात्रा र दुई लाख २० हजार १६३ छात्र विद्यालयमा टिकेको देखिन्छ । सुरुमा भर्ना हुँदा छात्र बढी थिए भने कक्षा १० पूरा गर्दा छात्रा बढी टिकेको देखिन्छ ।

कक्षा १ मा २०६६ सालमा भर्ना भएकाहरू २०६७ सालमा कक्षा २ मा पुग्दा नौ लाख ९३ हजार ९१६ मात्र टिकेका थिए । सुरुमै झण्डै तीन लाख ७० हजार विद्यार्थी घटिसकेका थिए । केन्द्रका उपमहानिर्देशक शर्माले बीचैमा कक्षा छाड्नेहरुको बढी भीड प्राथमिक तहमै भएको बताउनुभयो ।

कक्षा २ बाट कक्षा ३ मा उक्लिँदा आठ लाख ९५ हजार १५३ जना विद्यार्थी बाँकी थिए । ती २०६९ सालमा कक्षा ४ मा पुग्दा आठ लाख नौ हजार ५०४ जनामा सीमित थिए । केन्द्रका अनुसार तिनै विद्यार्थी २०७० सालमा कक्षा ५ मा पुग्दा सात लाख ३१ हजार ५७३, कक्षा ६ मा पुग्दा छ लाख ३८ हजार ५८०, कक्षा ७ मा पुग्दा पाँच लाख ९४ हजार ५३२, कक्षा ८ मा पुग्दा छ लाख आठ हजार ७७० र कक्षा ९ मा पुग्दा पाँच लाख ११ हजार ६९२ रहेका थिए ।

घट्दै गएका विद्यार्थीको तथ्याङ्क विश्लेषण गर्दै आउनुभएका केन्द्रका निर्देशक शंकर थापाले कतिपय विद्यार्थीले कक्षा ५ सम्म सरदर तीन पटकसम्म कक्षा दोहो¥याउने गरेको बताउँदै भन्नुभयो, “विद्यार्थीलाई कोड नम्बर दिएर त्यसका आधारमा ट्रयाकिङ् गर्ने कार्यको प्रयास भएको हो तर सफल हुन सकेन । त्यस्तो हुन सकेमा हराएका विद्यार्थी कहाँ पुगे भन्ने थाहा हुनसक्छ ।”
बाल विवाह, रोजगारी, गरिबी, शिक्षकको अनुपस्थिति, बालमैत्री कक्षाकोठाको अभाव, भौगोलिक विकटता लगायतका कारणले बीचैमा कक्षा छाड्ने गरिएको भनाइ शिक्षाविज्ञहरूको छ । शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले हराएका विद्यार्थीबारे कसैले पनि अध्ययन नै नगरेको बताउनुभयो ।

“हरेक वर्ष विद्यार्थी हराए भन्छौँ, तर अनुमानका भरमा हराए भन्छौँ, कहाँ गए भन्ने खोजी नै हुनसकेको छैन” उहाँले थप्नुभयो, “अब विद्यार्थीले विद्यालय छाडेमा त्यसको जिम्मेवार सम्बन्धित प्रधानाध्यापकलाई बनाउनुपर्दछ । त्यसो भएमा उनले हराएका विद्यार्थी खोजी गर्नुपर्ने हुन्छ । सम्पूर्ण विद्यार्थीलाई टिकाउन सक्ने प्रधानाध्यापक वा विद्यालयलाई पुरस्कृत गर्ने व्यवस्था गरिनु पर्दछ ।”
नेपाल अभिभावक महासङ्घका संयोजक सुप्रभात भण्डारीले विद्यार्थीलाई टिकाउने प्रभावकारी योजना नै सरकारसँग नभएको आरोप लगाउँदै विद्यार्थीलाई सङ्केत नम्बर दिने र त्यसका आधारमा ट्रयकिङ् गर्ने पद्धतिको थालनी भएमा हराएका विद्यार्थीबारे थाहा पाइने सुझाव दिनुभयो ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक शर्माले हरेक वडाले विद्यार्थीको अभिलेख कायम गर्नुपर्ने बताउँदै भन्नुभयो, “कुनै विद्यार्थी विद्यालयमा गएनन् भने किन गएनन् भन्ने जानकारी प्रधानाध्यापकसँग माग्नु पर्दछ । अभिभावकसँग सोध्नुपर्दछ । विदेशमा यस्तो पद्धति छ र यसलाई हामीले पनि लागू गर्न सक्छौँ । त्यसो भयो भने हराएका विद्यार्थी कहाँ पुगे र किन हराए भन्ने थाहा पाउन सकिनेछ ।” गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -