२०८३ वैशाख २८, सोमबार
८:२४:०६ बिहान
- ADVERTISEMENT -

वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

प्रकाशित मिति: २०७५ चैत २, शनिबार

916
Shares

पाल्पा, २ चैत्र २०७५ । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन्। उनले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए।

प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताए। उनले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने बताए।

नेपाली काङ्ग्रेस र प्रजातन्त्र पर्यायवाची शब्द जस्तै रहेको बताउँदै उनले प्रतिपक्षका रुपमा रहेको काङ्ग्रेस पार्टी रेलिङ्ग भाच्ने पार्टी नभएको बताए।

सभापति देउवाले ओली सरकार प्रजातन्त्रलाई समाप्त गर्न लागिपरेको बताए । उनले एक बर्षको अवधीमा ओली सरकारले एक वटा पनि राम्रो काम नगरेको भ्रष्ट्राचार, हत्या, हिंसा, बलात्कार, लुटपाट र बम विष्फोटका घटना अत्याधिक बढेको बताए।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सिके राउतसंग सरकारले गरेको ११ बुदे सम्झौता राष्ट्रघाती, जनविरोधी, राष्ट्रहित विपरित रहेकोले सबै जनताले विरोध गर्नुपर्ने बताए । सिके राउतले उठाएको स्वतन्त्र मधेशलाई सरकारले बैधानिकता प्रदानगरी राष्ट्रघाती सम्झौता गरेकोले नेपाली काँग्रेस सम्झौताको विरुद्ध आन्दोलनमा जाने सभापति देउवाले चेतावनी दिए ।

नेपाली काङ्ग्रेस हिन्दू धर्मको पक्षमा रहेको भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले नेपालको संविधानमा भएको व्यवस्था मान्ने बताए । उनले गिरिजाप्रसाद कोइरालाले धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र सशांक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने बताए।

पार्टीको निति, नियम, विधान अनुसार काम गर्न सक्नु भएन भनि सोधिएको प्रश्नको जवाफ दिदै सभापति देउवाले पार्टीको महाधिवेशन आउँदैछ, पार्टीका प्रतिस्पर्धी रामचन्द्र लगायतका साथीले भन्नु, मेरो विरोध गर्नु स्वभाविक भएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -