- ADVERTISEMENT -
- ADVERTISEMENT -

नागोयामा पहिलो पटक नेपाल फेष्टिबल हुने, मूलआयोजक समिति गठन, संयोजकमा पोख्रेल

March 16, 2019
1270
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नागोयामा, २ चैत्र २०७५ । नेपालीहरुको बढ्दो जापान आगमनसंगै जापानको टोकियोपछि नागोयामा पनि धेरै नेपालीको चहलपहल हुदै गइरहेको छ । नागोयामा नेपालीको प्रवेशको संख्या बढ्दो छ । यसैबीच टोकियोमा बिगत केहि बर्षदेखि निरन्तर गर्दै आइरहेको नेपाल फेष्टिबल नागोयामा यस बर्ष प्रथम पटक गर्न लागिएको छ । नागोयामा गत बिहिबार बसेको नेपालीहरुको भेलाले पारसमणि पोख्रेलको संयोजकमा याम खत्री उप-संयोजक रहने गरी ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

त्यसैगरी, १५ तारिख शुक्रबार भएको नागोयामा एन आर एन नागोयाले राखेको लगानी सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा एन आर एन ए आइ सी सी का महा-सचिब बद्रि के सी ले नेपाल फेष्टिबलको औपचारिक घोषणासंगै ब्यानर सार्बजनिक गर्नुभयो ।

नागोयामा आगामी जुन महिनाको १५ शनिबार र १६ आइतबार २ दिने फेष्टिबल हुने, र यो फेष्टिबल बिभिन्न कोणबाट पृथक गराउने योजनामा रहेको संयोजक पोख्रेलले बताउनु भयो । उहाका अनुसार भिजिट नेपाल २०२० को संघारमा हुने यस फेष्टिबलले नेपालमा पर्यटन प्रबर्धन गर्न मद्धत पुग्नेमा बिश्वस्त रहेको र फेष्टिबलको स्थान पनि आइचि केन कै मुटु नागोयाको साकाय रहेको कारण त्यहाँ जापानीहरुको उपस्थिति अत्याधिक गराउने योजना अनुरुप काम सुरु गरिएको बताउनु भयो ।

मूल आयोजक समितिभित्र बिभिन्न बिभागहरु बनाइएको आयोजकले जनाएको छ । जसमा आर्थिक ब्यबस्थापन संयोजकमा मोहन खत्री, प्रचारप्रसार तथा मिडियामा भवानी पन्त, स्टल ब्यबस्थापन चिरन्जीवी सिग्देल, साउण्ड ब्यबस्थापन तथा स्टेज ब्यबस्थापनमा श्याम सितल, अतिथि सत्कार डिलाराम खरेल, खादा तथा ब्याच राधा थापा, स्वयमसेवक देव घिमिरे, फोहोर ब्यबस्थापन जयराम पौडेल, जातीय झाकी तथा सास्कृतिक संयोजनमा सुमन लिम्बु, अतिथि ब्यबस्थापन दिपक घिमिरे, आकस्मिक सेवा अर्जुन के सी, खाना ब्यबस्थापन केशर गिरि, संघ सस्था समन्वय डा। सुदिप अधिकारी संयोजक रहनु भएको छ ।

मूल आयोजक समितिमा दिपक कार्की, मोहन खत्री, भवानी पन्त, जय राम पौडेल, डा।सुदिप अधिकारि, राजकुमार अधिकारी, डिलाराम खरेल, केशर गिरी, दिपक घिमिरे, राम प्रसाद खरेल, बाबुराम खरेल, सुमन लिम्बु, दिलिप राना मगर, श्याम सितल, सिता कोइराला, बिष्णु प्र।घिमिरे, चिरन्जीवी सिग्देल, बिजय खनाल, बिन्दु शर्मा, सरोज कंडेल, बिमल अधिकारी, गोबिन्द प्र। श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, रमेश गौतम, शंकर गिरि, युवराज गौतम, बिकाश राना, प्रमिला सिग्देल, देब घिमिरे, काजी शेर्पा, शिबि गुरुङ, संजय तामांग, हिरा गुरुङ, सुशिला भट्टराई
,दिपक के सी , घन ब। खत्री, नर ब। थापा, रामु थापा, प्रविन लिम्बु, बिधान राइ, रेपेश चोचांगी, सुर्य तामांग, गङ्गा घर्ति मगर, कृष्ण प्र।भट्टराइ, सुरज मल्ल, बिनोद कु। सापकोटा, निशान राना, संदेश पोख्रेल, कबिकिरण न्युपाने, मनोज बम मल्ल, बिकाश आले मगर , उज्जल गुरागाई, लक्ष्मण घिमिरे, बिजय कु। जिसी, धुर्ब सुबेदी, सुदिप घिमिरे, चौमन देवान, रन्जना अधिकारी, बिनु श्री थापा, गोबिन्द भुसाल, असोक अधिकारि, शेर ब। के सी, कुशल धिताल रहनु भएको छ ।

उक्त फेष्टिबल कार्यक्रम नागोयामा प्रथम पटक भएकोले नागोयामा रहेका सम्पूर्ण नेपालीहरुले बिशेष चासोका साथ हेरेका छन् र सोहि अनुसारको उत्सुकता अनि सक्रियता देखाएका छन् । फेष्टिबलको सह-आयोजकमा नागोयामा सक्रिय सम्पूर्ण संघ सस्था रहने ब्यबस्था गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -