२०८३ जेठ ३, आइतबार
५:४३:५८ बेलुका
- ADVERTISEMENT -

जनताको जलविद्युत्को पहिलो शेयर खुल्दै

प्रकाशित मिति: २०७५ चैत २, शनिबार

1094
Shares

काठमाडौँ, २ चैत्र २०७५ । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर बिक्री हुने भएको छ । सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम लागू गरेको हो ।

सोही कार्यक्रमको पहिलो आयोजनाको रुपमा त्रिशुली जलविद्युत् कम्पनीको साधारण शेयर बिक्री गर्न लागिएको आज प्रकाशित विवरणमा उल्लेख छ । कम्पनीका अनुसार पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत साधारण शेयर बिक्री गर्न लागिएको यो पहिलो जलविद्युत् कम्पनी हो । आज प्रकाशित विवरणअनुसार सो कम्पनीको शेयर निष्काशन छिटोमा यही चैत ११ गते र ढिलोमा आगामी वैशाख ६ गतेसम्म हुनेछ । कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात् रु ३७ करोड पाँच लाख बराबरको रु १०० अङ्कित दरको ३७ लाख पाँच हजार कित्ता शेयर बिक्री गर्न लागिएको हो । अग्रिम रुपमा शेयर बिक्री गर्न लागिएकाले हाल प्रतिशेयर रु १० का दरले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।

कूल बिक्री हुने शेयरमध्ये एक लाख ११ हजार १५० कित्ता शेयर भने कम्पनीका कर्मचारीलाई संरक्षण गरिएको छ । शेयरमा आवेदन दिने आवेदकले पहिलो चरणमा प्रतिशेयर रु १० का दरले हुन आउने रु तीन करोड ७० लाख ५० हजार मात्र अग्रिम भुक्तानीका लागि आग्रह गरिएको छ । उक्त शेयरवापत चुक्ता हुन बाँकी रहने रु ९० भने नियमानुसार पछि माग गरिने आह्वानपत्रमा उल्लेख छ । त्यो भनेको आयोजनाको निर्माण ७५ प्रतिशत सकिएपछि थप रकम माग गरिनेछ ।नुवाकोटको साविक मनकामना गाविस र रसुवाको लहरेपौवा गाविसको सीमानामा आयोजना रहेको छ । आयोजनाको कूल क्षमता ३७ मेगावाट रहेको छ भने कूल लागत निर्माण अवधिको व्याज समेत गरी कूल रु आठ अर्ब २२ करोड ७४ लाख रहेको छ ।

शेयर बिक्री गरिएको मितिदेखि ७ दशमलव ९५ वर्षमा साधारण लगानी फिर्ता हुनेछ । सो कम्पनीको साधारण शेयरमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लाबेल आइएमई क्यापिटल रहेको छ । बोर्डले बिहिबार मात्रै जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतका आयोजनाको शेयर बिक्रीका लागि ‘रेटिङ’ गराउनु नपर्ने व्यवस्था गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रमको घोषणा गर्दै सो कार्यक्रमको पहिलो शेयर आफूले लिने बताउनुभएको थियो ।

सरकारको तयारी अनुसार कूल स्वपूँजीको ४९ प्रतिशत लगानी नागरिकबाट जुटाउने तयारी गरिएको छ । सरकारले उक्त कार्यक्रमअन्तर्गतका आयोजनामा लगानी गर्ने शेयरधनीलाई व्याजवापतको रकम समेत उपलब्ध गराउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा बोर्डले धितोपत्र निश्कासन गर्नेसम्बन्धी व्यवस्थालाई थप सहज र सरल समेत बनाएको छ ।उच्च प्रतिफल दिने आयोजना छनोट गरेर नागरिकलाई लगानीका लागि आग्रह गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायतका संस्थाले समेत लगानी गरेका छन् ।

स्थानीय आयोजना प्रभावित र नुवाकोट तथा रसुवाका स्थानीय निकायले समेत लगानी गर्ने भएका छन् । यस्तै बैंक तथा वित्तीय संस्थाले समेत सो आयोजनामा ऋण लगानी गरेका छन् ।कम्पनी र प्राधिकरणबीच २०७४ भदौ ६ गते विद्युत् खरीद सम्झौता भएको थियो । आयोजनाले २०७८ फागुन १७ गतेदेखि व्यावसायिक रुपमा विद्युत् उत्पादन गर्ने आयोजनाका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले जानकारी दिनुभयो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -