२०८३ जेठ ३, आइतबार
६:१३:४६ बेलुका
- ADVERTISEMENT -

“प्रचण्ड र विप्लव दुबै गलत बाटोमा” :-डा.भट्टराई

प्रकाशित मिति: २०७५ चैत १, शुक्रबार

1101
Shares

काठमाडौँ, १ चैत्र २०७५ । सरकार र विप्लवको बढ्दो तनावप्रति नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अभिव्यक्ति दिएका छन् । उनले संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म वीचको दन्तबझानका कारण पछिल्लो राजनीतिक घटनाक्रम बिकसित भएको दाबी गरेका छन्। यसअघि सिके राउतलाई अंगालेर विप्लवमाथि प्रतिबन्ध लगाउनु गलत रहेको बताउँदै आएका उनले दुई वटा गलत मिलेर कहिल्यै सही नहुने भन्दै टिप्पणी गरेका हुन् । उनले प्रचण्ड र विप्लव दुवै गलत बाटोमा लागेकोले सही नहुने भन्दै चेतावनी दिएका हुन् ।

संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म दुवै लाई ईतिहासले गलत सावित गरेकाले नयाँ बिचार लिएर अघि बढ्न उनले सुझाएका छन्। भट्टराईले समस्या ब्यक्तिको होईन बिचारको हो भनेका छन्। उनले लेखेका छन् “भनिन्छ Two wrongs don’t make a right!पूर्व क.प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ!समस्या व्यक्तिको नभएर विचारको हो!यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म वीचको हो!इतिहासले दुवैलाई गलत सावित गरिसकेकोछ! खाँचो नयाँ विचारको हो!”

उनले यसअघि पनि विप्लवमाथि प्रतिबन्ध लगाएर नेपालका कम्युनिष्टहरु अवसानको बाटोमा हिडेको भन्दै ट्वीट गरेका थिए । प्रचण्डले हिजोमात्र विप्लवले आफुलाई मार्ने षडयन्त्र गरिरहेको भन्दै खुलासा गरेपछि बाबुरामले यस्तो अभिव्यक्ति दिएका हुन् ।

यो पनि पढ्नुहोस

विप्लवलाई प्रतिबन्ध लगाएपछि बाबुरामले दिए कडा चेतावनी

विप्लवको पार्टीलाई सरकारले अपराधिक संगठनको दर्जा दिँदेै प्रतिबन्ध लगाएपछि डा.बाबुराम भट्टराईले विश्व इतिहासको घटनालाई जोडेर हेरेका छन् । यसअघि पनि सिके राउतलाई समर्थन र विप्लवप्रति कडा हुनु सरकारको ठुलो गल्ती भएको बताउँदै आएका भट्टराईले विप्लवलाई प्रतिबन्ध र दमनको तयारीको कुरालाई विश्व इतिहासका केही चर्चित विडम्बनापूर्ण घटनाको स्मरण गर्दे टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा यसबारे भट्टराई यसरी लेख्छन् :-

मार्क्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए : ‘इतिहास दुइ चोटि दोहोरिन्छ-पहिलो चोटि वियोगान्त (Tragedy) रूपमा र दोश्रो चोटि मजाक (Farce) रूपमा!’नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ! एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ!

आज भन्दा ठीक एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यति वेला Social Democratic Party of Germany (SPD) भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले Communist Party of Germany (KPD) भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको थियो! त्यसरीनै भारतको पश्चिम बंगालमा सन् १९६७-०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी CPM को सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी CPI-MLमाथि भीषण दमन गरेर चारू मजुमदार लगायतका नेताहरूको हत्या गरेको थियो!आखिर त्यसको परिणाम के भयो? अन्तत: दुवै धारको भिन्न भिन्न प्रकारले अवसान भयो! के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो? kalikaa

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -