- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाको लाप्राकमा मकैको बिहे

February 27, 2019
1314
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, फागुन १५ । हामी मध्ये धेरैलाइ थाहा छ मानिसको बिहे भएको । अनि किसानले अन्नबाली राम्रो होस भनेर भ्यागुताको बिहे गरीदिएको । हो यस्तै अनौठो प्रकृतिको बिहे गोरखाको लाप्राकमा सम्पन्न भएको छ ।

उत्तरी गोरखाको धार्चे गाउँपालिका अन्तरर्गत रहेको लाप्राकमा मंगलबार किसानहरुले मकैको बिहे गरेर परम्परा निभाएका छन । निकै हर्ष र उल्लासका साथ सम्पन्न भएको मकैको बिहेमा गाउँभरीका मानिसहरुको उपस्थिती रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

परम्परा देखी चल्दै आएको मकैको बिहे गर्ने चलन अनुसार आज मकैको बिहे गरीएको गाउँपालिका प्रमुख सन्तोष गुरुङ्गले बताउनु भयो । ‘हाम्रो पुरानो चलन हो । मकैको बिहे नगरीदिदा सम्म खेतबारीमा मकै लगाउने चलन छैन । त्यसैले साईत अनुसार आज सबै गाउँले मिलेर मकैको बिहे गरीदिएको हो ।’ गाउँपालिका प्रमुख गुरुङ्गले जानकारी दिनु भयो ।

पुस्तौ देखी मकैको बिहे गर्ने र बिहे नगरी खेतबारीमा मकै नछर्ने भएकाले पराम्परा अनुसार मकैको बिहे गरीएको हो । स्थानियका अनुसार मकैको बिहे नगरी खेतीगर्दा मकैमा दाना नलाग्ने वा मकैको घोगा नलाग्ने जन विश्वास रही आएको छ ।

- ADVERTISEMENT -

Advertisement

गोरखाको लाप्राकमा यो चलन बिक्रम सम्बत १८१५ साल देखि चलि आएको अनुमान गरीएको छ । गाउँका बुढापाका अनुसार अनिकालबाट जोगाउन देउतालाई पुकार्दै मकैको बिहे गर्ने चलन शुरु भएको हो ।

मकैको बिहे गर्ने साईत अनुसार फागुन १३ गते सोमबार दिउँसो ३ः३० बजे सिंगै मकै जमिनमा गाडीएको थियो । त्यही मकै मंगलबार बिहान साढे ८ बजे जमिनबाट निकालेर सबै गाउँले भई बाजागाजा सहित गाउँ परिक्रमा गरेर मकैको बिहे सम्पन्न गरीएको थियो ।

मकैको विहेमा साना केटा केटीलाई दुलाहा दुलही बनाएर जन्ती लिएर जाने र बेहुली लिएर आउने चलन छ । जन्ती जादा गाउँलेले ढ्यांग्रो, झ्याली, मादल जस्ता बाध्यबाधनका सामाग्रीहरु बजाएर नाचगान गरेका थिए ।

बिहे सकिए पछि मकै कै भोज खाने प्रचलन रही आएको छ । आजै स्थानियले घाटु नाच समेत देखाएका थिए । आजै स्थानिय गाउँलले सामुहिक रुपमा असीना, पानी, खडेरीबाट अन्न जोगाई दिन भगवानसँग प्राथना समेत गरेका थिए । Gorkha Samachar

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com