२०८३ जेठ ३, आइतबार
५:५६:२७ बेलुका
- ADVERTISEMENT -

मध्यमस्र्याङ्दी-दमौली-मस्र्याङ्दी डबल सर्किट प्रसारण लाइन सञ्चालन, बर्षातमा बिद्युत खेर जाने समस्या अन्त्य

प्रकाशित मिति: २०७५ फागुन १५, बुधबार

1163
Shares

काठमाडौं,१५ फागुन २०७५ । बर्षातको समयमा ‘मध्यमस्र्याङ्दी –दमौली–मस्र्याङ्दी’ प्रसारण लाइनबाट बढी विद्युत् प्रवाह गराउनु पर्दा नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्र र प्रसारण निर्देशनालयलाई सधैँ तनाव झेल्नु पर्दथ्यो । क्षमताभन्दा बढी विद्युत् प्रवाह गराउनु पर्दा प्रसारण प्रणालीमा समस्या आउने र लमजुङमा सञ्चालनमा रहेका निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत्समेत खेर फाल्नुपर्ने बाध्यता आइलाग्थ्यो ।

प्रसारण लाइनको क्षमता १३२ केभीको मात्रै थियो । सो प्रसारण लाइनबाट बढीमा १२० मेगावाट मात्रै विद्युत् प्रवाह गराउन सकिन्छ । बर्खामा उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने अवस्थाको अन्त्य गर्दै प्राधिकरणले मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी ‘डलब सर्किट’ प्रसारण लाइन सञ्चालनमा ल्याएको छ ।

सो प्रसारण लाइन सञ्चालनमा आएपछि वर्षाको समयमा विद्युत् खेर जाने सम्भावनाको अन्त्य भएको छ । प्राधिकरणले २२ किलोमिटर लामो प्रसारण लाइनको निर्माण सम्पन्न गरी सोमबार साँझ (फागुन १३) देखि सञ्चालनमा ल्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारण लाइन सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताउनुभयो ।

‘मस्र्याङ्दी–काठमाडौँ र मस्र्याङ्दी-भरतपुर प्रसारण लाइनमा समस्या आउँदा प्राधिकरणका मध्यमस्र्याङ्दी, मस्र्याङ्दीसहित निजी क्षेत्रका आयोजनाको विद्युत् प्रवाह गर्न नसक्ने अवस्था थियो, अब यसको पनि अन्त्य भएको छ, अब ती आयोजनाको विद्युत् दमौली सबस्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिनेछ ।”

निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करीब ६६ मेगावाट विद्युत् र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमस्र्याङ्दी ७० मेगावाट मस्र्याङ्दी ६९ मेगावाट गरी २०५ मेगावाट विद्युत् मध्यमस्र्याङ्दी-मस्र्याङ्दी प्रसारण लाइन हुँदै काठमाडौँ र चितवनको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ ।

मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी लाइन सञ्चालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युत्लाई पोखरा र भरतपुरतर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भविक्रम शाहले बताउनुभयो । उहाँले दमौली सबस्टेसनबाट दमौली–लेखनाथ र दमौली–भरतपुर प्रसारण लाइनमार्फत क्रमश : पोखरा र दमौली–भरतपुरतर्फ विद्युत् पठाउन सकिने उल्लेख गर्नुभयो ।

“यही आयोजनाअन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२/३३ केभी सबस्टेसन केही दिनमै सञ्चालनमा आउँदैछ,” उहाँले भन्नुभयो, “मस्र्याङ्दी, दमौली र मध्यमस्र्याङ्दी सबस्टेसनमा नयाँ ‘बे’ पनि थपेका छौँ, मध्यमस्र्याङ्दीमा थपिएको यसबाट लमजुङको दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिनेछ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -