काठमाडौं, फागुन १४

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सहमतिबाट अनुशासन र निर्वाचन समिति गठनको माग गर्दै बैठकमा नआएपछि कांग्रेस बैठक स्थगित गरिएको छ ।

यी दुई समिति गठनका लागि मंगलबार ११ बजे बैठक बोलाइएको थियो ।

बैठक सुरु गर्ने भन्दै सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षीय सदस्यहरु भने बैठक हलमा बसेपनि नेता तथा सदस्यहरु पार्टी केन्द्रीय कार्यालयमै रहेपनि बैठक हलमा गएनन् ।

संस्थापन पक्षको अनुपस्थितीका कारण सभापति देउवाले बैठक सुरु गर्न नसकेपछि स्थगित गरिएको हो ।

केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले अनुशासन र निर्वाचन समिति पार्टीका अर्धन्यायिक निकाय रहेकाले सहमतिबाटै गठन गर्नुपर्ने माग आफूहरुले उठाएको बताउनुभयो ।

केसीले भन्नुभयो,‘आग्रह पूर्वाग्रह राखेर समिति गठन गर्न हुँदैन ।’ देउवाले बैठक सुरु भएपछि बहुमतबाटै यी दुई समिति गठन गर्ने तयारी गर्नुभएको छ ।

उहाँले यसअघि दुवै समितिमा पौडेल पक्षबाट दुईरदुई सदस्यको नाम दिन आग्रह गर्नुभएको थियो । पौडेलले दुवै पक्षबाट संयोजकसहित सबै सदस्य सहमतिबाटै गठन गर्न माग गर्दै आएका छन्।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्