टोकियो, १३ फागुन २०७५ । प्रदेशी गायक सुर्य खड्काको मर्म स्पर्शी लोक गीत ‘ एयरपोर्ट काण्ड ’ छोरी तिम्लाई २ पोका मिठाई छिरेन बोलको गीत सार्बजनिक गरिएको छ ।

नेपाली लोक संगितलाई माया गर्ने चर्चित गायक सुर्य खड्काले यसपाली नेपालको एयरपोर्टमा भएको नेपालीहरुको अपमानलाई समेटेका छन् । एयरपोर्ट छिर्दा बोलको गीतमा सुर्य खड्काको सुमधुर आवाज रहेको छ ।

प्रदेशी गायकको रुपमा आफुलाई परिचित बनाएका खड्काको ‘एयरपोर्ट काण्ड ‘ले परदेशी घर फर्कदा आफ्नै देशमा गरेको व्यवहार लाइ गीतमा प्रस्तुत गरिएको छ ।

नेपालको एयरपोर्टमा पर्देशमा शरिर गुमाएर रातो बाकसमा आउने दाजुभाई दिदिबहिनीहरुको पिडा एकातिर छ भने अर्को तिर प्रदेशमा दुख गरेर कमाएर आफनो घरमा रहेका आमा, बुवा, श्रीमती छोराछोरी तथा आफन्तहरुलाई ल्याइएका सामानहरु जफत भएको पिडालाई समेटेर खड्काले यसपाली गित बनाएका हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्