२०८३ जेठ ३, आइतबार
५:२८:५४ बेलुका
- ADVERTISEMENT -

केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्ने अडान

प्रकाशित मिति: २०७५ फागुन १३, सोमबार

1415
Shares

विराटनगर, फागुन १३

कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्ने अडान राख्नुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले सो अडान राख्नुभएको हो ।

उहाँले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने प्रष्ट पार्नुभयो । ‘१४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ, पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न हुन्न,’ कोइरालाको भनाई थियो । उहाँले सभापति देउवालाई गैरजिम्मेवार नेताको संज्ञा पनि दिनुभयो ।

‘पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ भने त्यसमा मेरो केही भन्नु छैन, पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार होइन,’ कोइरालाले भन्नुभयो ।

केन्द्रीय सदस्य डा कोइरालाले सङ्गठनलाई मजबुत बनाउन १४औँ महाधिवेशनका लागि केन्द्रीय समितिले अहिलेदेखि नै अभियानमा लाग्नुपर्ने भन्दै नेपाल विद्यार्थी सङ्घमा भएको विवादले परिणाम राम्रो नदिने सङ्केत गर्नुभयो ।

उहाँले नेपाल विद्यार्थी सङ्घमा लाग्ने विद्यार्थीको उमेरको हद ३२ वर्ष रहेको र यसलाई बढाउने वा नबढाउने कुरामा पार्टीमा छलफल भइरहेको बताउनुभयो । उहाँले न्यायपालिकालाई निरीह हुन नदिन र शान्तिसुरक्षालाई कसिलो बनाउन सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -