२०८३ जेठ ३, आइतबार
६:२२:१७ बेलुका
- ADVERTISEMENT -

“ऐतिहासिक गढी-दरबाको संरक्षण सिरानचोक गाउँपालिकाको अभियान”

प्रकाशित मिति: २०७५ फागुन १३, सोमबार

1981
Shares

गोरखा, २०७५ साल फागुन १३ गते सोमबार । श्रीनाथ र मण्डली दुई छुट्टा छुट्टै देवता हुन् । श्रीनाथ र मण्डलीको मन्दिर एउटै घेराभित्र रहेता पनि छुट्टाछुट्टै ठाउँमा पूजा गर्ने  गरिन्छ । यहाँ मूर्ति छैन, प्राकृतिक शिलालाई श्रीनाथ र मण्डलीको अलग अलग प्रतिक मानी पूजा गरिन्छ । यो स्थान चतुष्कोणाकार स्वरुपमा रहेको  छ । ढुङ्गा माटोको पर्खाल लगाई छानाविहीन रुपमा श्रीनाथ-मण्डली बनेको छ । श्रीनाथ-मण्डली ११.७० मीटर लम्बाई, ८.२० मिटर चौडाई र २.३० मीटर उचाईमा बनेको छ । हाल मण्डलीको पूर्वतर्फ श्रृङ्गी ऋषिको नयाँ मूर्ति स्थापना गरिएको छ ।

पूर्वतर्फ पूरानो घण्टा यधपी  देख्न सकिन्छ । झ्याल ढोका सादा छन् | स्थान वरिपरि भक्तजन  बस्ने पाटीहरु बनाइएको छ । पूर्वतर्फ श्रृङ्गी ऋषिको नयाँ मूर्ति स्थापना गरिएको छ । देवताको पूजा गर्न पिता पुर्खाको पालादेखिनै पूजारी चुनेर पुजाको राम्रो व्यवस्था मिलाउँदै आइरहेका छन् । यी देवतालाई सिरानचोकवासीहरुले सत्को देवता मानी आध्यात्मिक आस्थाको धरोहरको रुपमा श्रीनाथ-मण्डलीलाई मान्दै आइरहेका छन् ।

सिरानचोकको शिरमा घना जंगलको बीचमा अवस्थित श्रीनाथ-मण्डली मन्दिरले यस क्षेत्रलाई  धार्मिक स्थलको रुपमा परिचय दिएको छ । श्रीनाथ-मण्डलीको स्थापना कसरी भयो भन्ने विषयमा ऐतिहासिक तथ्य र घटना रहेको छ : उहिले द्रव्य शाहले सिरानचोकको राज्य सञ्चालन गर्ने क्रममा औषधी उपचार गर्ने भनि एकजना जोगीको व्यवस्था गरेका थिए । जुन जोगीलाई नाथ भन्ने गरिन्थ्यो । त्यसबेला आधुनिक उपचार पद्दति र अस्पताल नभएका कारणले गर्दा पनि आफ्नो निजी वैद्यको रुपमा जोगीलाई राखेको तथ्य प्रष्ट रहेको छ । द्रव्य शाहको श्रीमती (रानी) लाई हेरचाह गर्न एकजना क्होला-गुरुङ महिलालाई सुसारेको रुपमा नियुक्त गरिएको थियो । पछि जोगी (नाथ) र सुसारे महिलाको मृत्यु भयो । बाइसे-चौविसे शासनकालमा जब कोट–कोट बीचमा लडाई सुरु भयो ।

तत्कालिन राजा द्रब्य शाह सिरानचोकबाट राज्य विस्तारको क्रममा गोर्खा (हाल गोर्खा दरबार रहेको ठाउँ) तिर लागे त्यसपछि राजाको सेवक जोगीनाथ र सेविका महिलाको मृत्तात्मालाई पुजा गर्ने कोही भएनन् । उनीहरुको आत्माले सिरानचोकवासीलाई दुःख दिन थाल्यो । दुःख, पीडाले आर्जित बनेका सिरानचोकवासीले अन्ततः उनीहरुको मृत्तात्मा (प्रेत्तात्मा) ले शान्ति पाओस् भनी थान (मण्डप) बनाएर सामूहिक रुपमा पुजा गर्न थालियो । कालान्तारमा त्यहि मन्दिर नै श्रीनाथ-मण्डलीको रुपमा परिचित हुन पुग्यो । अतः श्रीनाथ मण्डलीको स्थापना यसरी भएको हो भन्ने तथ्य ऐतिहासिक घटनाद्धारा नै प्रमाणित भएको छ ।

श्रीनाथ मण्डलीको काखमा शिव, पार्वती, गणेश, ऋगी, ऋषि र नागको स्थापना गरिएको छ । मन्दिरको कम्पाउण्ड (घेरा) लगाउन सुरुवात गर्ने समाजसेवी चाहिँ क्होला आरुबोट निवासी स्व। मनि गुरुङ हुन् । पुजारी नियुक्त सिरानचोक कोट विकास समितिले गर्दछ । हाल श्रीनाथ मण्डलीको मन्दिरमा  बीर सिह गुरुङ र टेक बहादुर गुरुङ पुजारीको रुपमा बसेका छन् ।

श्रीनाथ–मण्डलीमा पुजा गर्ने श्रदालु भक्तजनहरु टाढा-टाढा बाट आउने गर्दछन् । यहाँ पुजा गर्ने विधि अन्तर्गत श्रीनाथलाई रोटी चढाइन्छ, शिव पार्वतीलाई धुप, फूल-अक्षता, गणेशलाइ-धुप, ऋगी, ऋषीलाई नैवेद्य (रोटी)  र मण्डलीलाई बली चढाइन्छ ।

तत्कालिन समय बाइसे चौबिसे राज्यबाट गोरखा राज्यलाई आक्रमण गर्नबाट जोगाउन सिरानचोकमा कोटगढी निर्माण गरिएको इतिहास रहेको छ । बि.सं.१६१६ मा तत्कालिन सेनाका कमाण्डर गणेश पाण्डेको नेतृत्वमा लिगलिगकोटपछि सिरानचोकगढीमा आक्रमण भएको अनुसन्धानमा भेटिएको छ । ‘गणेश पाण्डेको नेतृत्वमा यहाँ आक्रमण भएको थियो । त्यसपछि छोप्राकमा बसेर गोरखा राज्यमाथि आक्रमण गर्ने योजना बनाइएर गोरखा दरबार आक्रमण गरेको इतिहास रहेको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले भन्नुभयो ‘१६१६ देखि १८३९ सम्म सिरानचोक कोटले गोरखा राज्य निमार्णको क्रममा ठूलो योगदान दिएको विभिन्न प्रमाण देखिन्छन ।’ गोरखा राज्यका तत्कालिन राजा रामशाहको पालामा सिरानचोकका कोट एवं गढीहरुको निर्माण एवं व्यवस्थित गरिएको इतिहास रहेको गाउँपालिकाको दाबी रहेको छ । धार्मिक रुपमा पनि उत्तिकै महत्वपूर्ण रहेको उक्त स्थानमा श्रीनाथबाब र मण्डली माईको नित्य पुजा आजा हुने गरेको छ ।

एकादशी र औंसीबाहेक मण्डलीमा राँगा, बोका, परेवा, कुखुरा र हाँसको वली दिने गरिन्छ । सिरानचोकवासीले वर्षभरिमा आफूले उत्पादन गरेका धान, कोदो र मकै श्रीनाथ-मडण्लीलाई खाधान्न नचढाए (अर्पण नगरे) सम्म खाँदैनन । प्रत्येक वर्षको मङसिरको सुरुमा दिन हेरेर न्वागी चढाउने भनि स्थानीयावासी श्रीनाथ-मण्डलीको मन्दिरमा पन्चै बाजागाजा  सहित फुलमालाको डोली बोकेर रमाइलो गर्दै आफ्नो खेतीबाट उत्पादन भएको अन्नको केही अंश श्रीनाथ-मण्डलीलाई चढाउने गर्दछन् । अहिले सिरानचोकवासी मन्दिरको संरक्षण, सम्बर्धन र विकासमा लागेका छन् । सिरानचोकवासीले उक्त स्थानमा भेटघाट र रमाइलो गरी न्वागी मेला धुमधामका साथ मनाउँछन् ।

श्रीनाथ-मण्डलीको पूजा गरेमा मनोकामना पुरा हुने, दुःख, संकटबाट मुक्त हुने, प्राकृतिक प्रकोपबाट हानि नहुने, स्वास्थ्यलाभ हुने, बिग्रेको काम सफल हुने जन–विश्वास रहिआएको छ ।

सिरानचोक गाउँपालिकाले श्रीनाथ मण्डलीको संरक्षण अभियान सुरु गरेको छ । ऐतिहासिक उक्त कोट र त्यससँग सम्बन्धित धार्मिक महत्व बोकेका धरोधरहरु संरक्षणका लागि अभियानको रुपमा थालनी गरिएको हो । “एतिहासिक धरोहरको सरसफाइ हामो अभियान”, सिरानचोक गाउँपालिकाको अभियान” भन्ने नारा सहित शनिबार एक कार्यक्रमको आयोजना गरी ‘हामीले नेपाली सेनासँग मिलेर  ऐतिहासिक गढीहरुलाई घेराबार गर्ने काम सुरु गरेका छौं’ सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले भन्नुभयो  ‘हाम्रो कार्यकाल भित्र श्रीनाथ कोटलाई धार्मिक ऐतिहासिक र पर्यटकिय दृष्ट्रिकोणले पहिलेकै अबस्थामा फर्काउने हाम्रो योजना रहेको छ ।’ नेपाल राज्यको एकिकरण हुनु पूर्व एक स्थानीय राज्यको रुपमा रहेको सिरानचोक डाँडा वरपर रहेका संरचनाहरुको प्रवद्र्धन गर्ने उदेश्यले गाउँपालिकाले १ करोड रुपैया बजेट समेत बिनियोजन गरिएको  छ । सोही अनुरुप पहिलो चरणमा कोट किल्लाहरुको सरसफाई गरी घेराबार लगाउने काम सुरु गरिएको गाउँपालिका अध्यक्ष अध्यक्ष राजु गुरुङ जानकारी दिनुभयो  ।

हालको सिरानचोक गाउँपालिकाको थालाजुंग, छोप्राक, गाखु, श्रीनाथकोट र जौबारी रहेको उक्त सिरानचोकको कोट गढिमा १६१६ ताका निर्माण भएका ३ वटा कोट क्रमश जेठा कोट, माइला कोट र कान्छा  कोटका भग्नावशेस अझै देख्न सकिन्छ । उक्त कोटहरुमा क्रमश राजा, भारदार र सेना बस्ने गरेको किम्बदन्ती रहेको छ । त्यहाँ दशैं घर, टुडीखेल, सीतापधेँरो, चेदा गुम्बा, गिद्ध पहरा  लगायतका ऐतिहासीक तथा धार्मिक सम्पदाहरु छन् ।  सिरानचोक कोटबाट मनास्लु, माछापुछेू, अन्नपुर्ण, फिस्टेल, गणेश लगायतका हिमश्रृखंला पनि देख्न सकिन्छ ।

शनिवार एक कार्यक्रमका विच उक्त कोटको सरसरसफाई सुरु गरिएको छ । रणसिंह दलका गणपती चन्दनसिंह थापा सहित सेनाका उच्च पदस्थ अधिकारी, गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटा, प्रमुख प्रशासकिय अधिकृत भेषबहादुर कुँवर, समाजसेबी, स्थानिय बासिन्दा  लगायत स्थानीय जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधी एवं सरोकारवालाहरुको उपस्थितीमा उक्त अभियान सुरु गरिएको हो । नेपाली सेनाका ५० जनाको टोली ५ दिन सम्म त्यही बसेर सरसफाई एवं घेराबार गर्ने कार्यक्रम तय गरिएको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -