२०८३ जेठ ५, मंगलबार
३:१६:५५ राति
- ADVERTISEMENT -

नेपाली कांग्रेस केन्द्रीय समितिले बहुमतबाट विधान पारित गरेपछि लफडा

प्रकाशित मिति: २०७५ फागुन १३, सोमबार

1927
Shares

काठमाडौं, फागुन १३

नेपाली कांग्रेस केन्द्रीय समितिले बहुमतबाट विधान पारित गरेपछि लफडा देखिएको छ । दुई महिनाअघिको महासमिति बैठकमा सर्वसम्मत विधान हिजोको बैठकसम्म आइपुग्दा बिवादित बनेको हो ।

आइतबारको बैठकमा विधानप्रति असहमति जनाउँदै बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत नेताले नोट अफ डिसेन्ट लख्नुभएको छ । मुख्यगरी केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिका रूपमा स्वतः आउने कि तल्लो तहदेखि निर्वाचित हुने, समानुपातिकतर्फका सांसद दोहोरिने कि नदोहोरिने भन्नेमा केन्द्रीय समितिमा विवाद थियो ।

रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र संस्थापन पक्षकै केही नेताले केन्द्रीय सदस्य स्वतः प्रतिनिधि बन्न नहुने अडान राख्नुभएको थियो । तर, विधान परिमार्जन भएन । पारित विधानअनुसार अब केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्नेछन् भने समानुपातिक सांसद दोहोरिन पाउनेछन् ।

महासमिति बैठकमा ५० भन्दा बढी कांग्रेस जिल्ला सभापति र थुप्रै महासमिति सदस्यले केन्द्रीय नेता तलबाटै निर्वाचित भएर आउँदा नेता–कार्यकर्ताबीचको दूरी घट्ने, संगठन प्रभावकारी बन्ने तर्क गरेका थिए । महासमिति समापनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले सदस्यहरूको भावनालाई केन्द्रीय समितिमार्फत विधानमा समेट्ने वाचा गर्नुभएको थियो । त्यसैका आधारमा विधान महासमितिमा सर्वसम्मत बनेको थियो ।

महासमितिपछि विधानसहितका राजनीतिक, सांगठनिक, आर्थिक र कोषाध्यक्षको प्रतिवेदनलाई परिमार्जन गर्न १० माघमा केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो । त्यसयता ९ वटा बैठक बसे पनि सहमति हुन सकेन ।

केन्द्रीय समितिले महासमितिबाट पारित राजनीतिक प्रस्ताव, महामन्त्रीद्वयको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सहमहामन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत कांग्रेसको आर्थिक नीतिको प्रस्ताव परिमार्जनसहित पारित गरेको छ ।

आइतबारको बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले परिमार्जित विधान पास गर्न प्रस्ताव गर्नुभयो । पार्टी संस्थापनपक्षीय नेताले विधान पारित गर्न टेबल ठोके पनि पौडेल र सिटौलाले असन्तुष्टि व्यक्त गर्नुभयो । बहुमतबाट विधान पारित गर्दा महासमितिको भावना र निर्णयलाई केन्द्रीय समितिले बेवास्ता गरेको ठहरिने पौडेल सिटौलाको भनाई छ ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीले पदाधिकारी र केन्द्रीय सदस्यको मर्यादा घटाउने काम गरेको बताउनु भयो ।

‘सभापति र नेताले केन्द्रीय सदस्य पनि जितेर आएपछि मात्रै महाधिवेशन प्रतिनिधि हुन पाउने गरी बोल्नुभएको थियो । तर, महासमितिमा धेरै माग भएको यो विषयलाई केन्द्रीय समितिले बहुमतबाट निर्णय गरेपछि यसले पदाधिकारी र केन्द्रीय सदस्यहरूको मर्यादा घटायो,’ पौडेलले भन्नुभयो, ‘हाम्रा केन्द्रीय सदस्यहरू तलबाट आउन नसक्ने भए, डराए, जित्ने हैसियत छैन भन्ने सन्देश गयो । पार्टीका सभापतिको प्रतिबद्धतासमेत पूरा नहुने र आफ्नै कार्यकर्तालाई नेताले विश्वास नगरेको देखियो । यो राम्रो भएन ।’

बैठकमा रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा रामशरण महत, चन्द्र भण्डारी, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, रामकृष्ण यादवलगायतले नोटअफ डिसेन्ट लेख्नुभएको छ ।

यसैगरी केन्द्रीय सदस्य बलबहादुर केसीले महासमिति बैठकको भावनाविपरीत विधानलाई पास गर्नु ‘कांग्रेसका लागि कालो दिन’ रहेको टिप्पणी गर्नुभयो । कोषाध्यक्ष सीतादेवी यादवले अरू पदाधिकारीको जस्तै कोषाध्यक्षको पनि निर्वाचन गर्नुपर्ने माग गर्दै ‘नोट अफ डिसेन्ट’ लेख्नुभयो ।

बरिष्ठ नेता पौडेलले महासमितिको भावनाविपरीत भएपछि नोट अफ डिसेन्ट लेख्नुपरेको बताउनु भयो । महासमितिमाा अधिकांश साथीले केन्द्रीय सदस्यहरू पनि महाधिवेशन प्रतिनिधिमा अरूजस्तै गरी तलबाटै निर्वाचित भएर आउनुपर्छ भन्ने मत राखे ।

सभापति र मैले पनि तलबाटै आउनुपर्छ भन्यौँ । तर, सभापतिले बहुमतबाट पारित गराएपछि हाम्रो सहमति भएन र नोट अफ डिसेन्ट लेख्यौँ । यो महासमितिको भावनाअनुसार भएन । महासमितिविरुद्ध केन्द्रीय समिति जानुहुँदैन भनेर हामीले नोट अफ डिसेन्ट लेखेका हौँ,पौडेलले भन्नुभयो ।

विधानका नयाँ व्यवस्था

कांग्रेसमा यसअघि ६ पदाधिकारीसहित ८५ सदस्यीय केन्द्रीय समिति थियो । अब १ सय ६७ सदस्यीय समितिमा १४ पदाधिकारी हुँदै छन् । कोषाध्यक्षबाहेक सभापति, दुई उपसभापति, दुई महामन्त्री र क्लस्टरका आधारमा ८ सहमहामन्त्री निर्वाचित हुनेछन् । त्यस्तै, यसअघि पाँचवटा पार्टी तह रहेकोमा अब सात प्रदेश समिति, प्रदेश सभा क्षेत्रीय समिति र बुथ समिति नयाँ तहका रूपमा थपिएका छन् ।

संविधान बनेको साढे तीन वर्षपछि कांग्रेसले आफ्ना पार्टी संरचनालाई संघीय प्रणालीअनुसार बदल्ने गरी विधानलाई अन्तिम रूप दिएको हो । अब विधानको नियमावली बनेपछि सदस्यता वितरणको क्रम सुरु हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -