२०८३ जेठ ३, आइतबार
६:२३:३३ बेलुका
- ADVERTISEMENT -

बम काण्डमा विप्लवको हात – गृहमन्त्री

प्रकाशित मिति: २०७५ फागुन १२, आइतबार

791
Shares

काठमाडौं, फागुन १२

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले एक जनाको मृत्यु हुनेगरी भएको बम विस्फोटमा विप्लव नेतृत्वको नेकपाको हात रहेको बताउनु भएको छ । उहाले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटमा विप्लव नेतृत्वको नेकपाको हात रहेको बताउनु भएको हो ।

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था समितिको आइतवारको बैठकमा उपस्थित गृहमन्त्री थापाले नख्खुको विस्फोट र देशका विभिन्न भागमा एनसेल टावरहरूमा भइरहेको आगजनीमा विप्लव नेतृत्वकै पार्टीको संलग्नता देखिएको स्पष्ट पार्नुभयो ।

उहाले भन्नुभयो, ‘संविधान र राज्यविरोधी समूह, विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको पाइएको छ। जिम्मेवारी कसैले पनि लिएको छैन ।’ विगतमा पनि विप्लव नेतृत्वको समूहले बम विस्फोट गराएको उल्लेख गर्दै गृहमन्त्री थापाले भन्नुभयो, ‘हामीलाई प्राप्त सूचनाअनुसार विप्लवको नेकपाको भर्खरै बसेको बैठकले विस्फोटको निर्णय गरेको र सोहीबमोजिम विस्फोट र आगजनी गरिएको हो ।’

उहाले यो विस्फोटलाई राज्य र जनताविरोधी शक्तिले गराऐको टिप्पणी गर्नुभयो । विस्फोटलाई विप्लवको समानान्तर सत्ता संचालन गर्ने अभ्यासस्वरुप गरिएको हुनसक्ने पनि बताउनु भयो ।
गृहमन्त्री थापाले राजनीतिक समूह भएर उन्मुक्ति दिँदा विप्लव समूह हौसिएको जिकिर समेत गर्नुभयो । गत शुक्रवार साँझ नख्खुमा भएको विस्फोटमा घाइते ३ मध्ये एक जनाको उपचारका क्रममा निधन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -