२०८३ जेठ ३, आइतबार
५:२३:२१ बेलुका
- ADVERTISEMENT -

नेपाल बिद्यार्थी संघका दुई समूहबीच झडप

प्रकाशित मिति: २०७५ फागुन १२, आइतबार

1228
Shares

काठमाडौं, १२ फागुन २०७५ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच झडप भएको छ। आइतबार दिउँसो पार्टी मुख्यालयमा प्रदर्शनमा उत्रिएका संस्थापन र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट पक्षधर विद्यार्थीबीच झडप भएको हो। झडपमा आधा दर्जन विद्यार्थी नेता घाइते भएका छन्।

नेविसंघको तदर्थ समिति बनाउँदा ३२ वर्षे उमेर हद लगाउनु पर्ने भन्दै सिटौला निकट विद्यार्थी नेता तथा कार्यकर्ताहरु निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीको नेतृत्वमा प्रदर्शनमा उत्रिएका थिए भने संस्थापन पक्षधर विद्यार्थी नेता ऋषिकेश जंग शाहीको नेतृत्वमा संगठनभित्र अनुशासन र सुसंस्कारको विकास गर्नु पर्ने भन्दै मौन प्रदर्शनमा उत्रिएका थिए। दुई समूहबीच प्रदर्शनका क्रममा विवाद हुँदा झडप भएको थियो।

विवादपछि दुई समूहबीच ढुंगा हानाहान हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीको कुटाइबाट विद्यार्थी नेता दिपेन्द्र क्षेत्री, रत्नहरि ढुंगेल, भिम महत लगायतका विद्यार्थी नेताहरु घाइते भएका छन्। प्रहरीको लाठीचार्जबाट पत्रकार केशव सावद पनि घाइते भएका छन्। पत्रकार सावदलाई पत्रकारको परिचय पत्र देखाउँदा पनि प्रहरीले लाठीचार्ज गरेका थिए।

नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले आफूहरुमाथि संस्थापन पक्षधर विद्यार्थीहरुले एक्कासी आक्रमण गरेको बताए। उनले महामन्त्री पूर्णबहादुर खड्का र पार्टी कार्यालयका सचिव प्रदिप पराजुलीसँगको छलफलमा आफूूहरुले पार्टी कार्यालयको पूर्वभागमा र अर्को समूहले पश्चिम गेट अगाडि प्रदर्शन गर्ने सहमति भएको बताए। तर, त्यो सहमतिविपरित संस्थापन पक्षधर विद्यार्थी नेताहरु पूर्वी गेटमा आएर आफूहरुमाथि आक्रमण गरेको आरोप अधिकारीले लगाए।

तर, संस्थापन पक्षधर समूहले भने आफ्नो ब्यानर च्यातेपछि विवाद भएको बताएको छ। विवादपछि सिटौलानिकट समूहका विद्यार्थीहरुले आफूहरुमाथि ढुंगा प्रहार गरेको दाबी गरेका छन्। ३२ वर्षे उमेर हद लगाएर तदर्थ समिति बनाउनु पर्ने सिटौला समूहका विद्यार्थी नेताहरुको माग छ भने संस्थापन पक्षधर नेताहरु तदर्थ समित बनाउँदा त्यो हटाउनु पर्ने पक्षमा छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -