२०८३ जेठ ३, आइतबार
५:२२:२२ बेलुका
- ADVERTISEMENT -

सरकारले अब तीव्र गतिमा काम गर्छ, मन्त्रिमण्डल पुनर्गठनको एजेण्डा छैन : खनाल 1

प्रकाशित मिति: २०७५ फागुन १२, आइतबार

684
Shares

विराटनगर,१२ फागुन २०७५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले अब तीव्र गतिमा काम गर्नेमा आफू ढुक्क रहेको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै बरिष्ठ नेता खनालले सरकारको काम कारवाहीप्रति असन्तुष्ट हुनुपर्ने कारण नभएको प्रष्ट पार्नुभयो । ‘सरकारको काम कारवाहीप्रति असन्तुष्ट हुनुपर्ने कारण छैन,’ खनालले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले संविधानले दिएको अधिकार कसैले पनि खोस्न नसक्ने जिकिर गर्दै सरकारले आफ्ना काम कारवाहीलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुुपर्नेमा कुरा जोड दिनुभयो । उहाँले मुलुकको परिस्थितिमा कुनै पनि गडबढी हुने सङ्केत नदेखेको प्रष्ट पार्दै सङ्घीयताको पहिलो अनुभवमा कानून बनाउनुपर्ने भएकाले सरकारको काम कारवाहीमा केही ढिलाइ भएको प्रष्ट पार्नुभयो ।

नेता खनालले पार्टी एकीकरण अविलम्ब हुने भन्दै सामाजिक सञ्जालमा अराजकता बढ्न नदिन नियमन गर्नुपर्ने अवस्था सिर्जना भएको धारणा व्यक्त गर्नुभयो । वर्तमान मन्त्री मण्डल पुनःगठन हुने कुनै एजेण्डा नभएको बताउँदै उहाँले पदमा रहेका पदाधिकारीलाई पार्टीको जिम्मेवारी दिने सम्बन्धमा छलफल चलिरहेको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -