२०८३ जेठ ५, मंगलबार
३:१४:१२ राति
- ADVERTISEMENT -

ओसाका विमानस्थलले एक वर्षसम्म ल्यान्डिङ र पार्किङ शुल्क नलिने घोषणा

प्रकाशित मिति: २०७५ फागुन १२, आइतबार

912
Shares

काठमाडौै, ११ फागुन २०७५ । नेपाल वायु सेवा निगमले जापान उडानको तयारी अन्तिम चरणमा पुर्याइरहेका बेला ओसाका विमानस्थलले एक वर्षसम्म ल्यान्डिङ र पार्किङ शुल्क नलिने घोषणा गरेको छ ।

नेपाल एयरलाइन्सले काठमाडौंबाट ओसाकासम्म सीधा उडानका लागि तयारी गरिरहेको छ । ओसाका विमानस्थलले एक वर्षको पार्किङ्ग र ल्यान्डिङ शुल्क नलिँदा निगमको खर्च धेरै घट्ने जनाइएको छ ।

बढ्दो खर्च घटाउनका लागि ओसाका एयरपोर्ट अथोरिटीसँग छलफल गर्दा एक वर्षको पार्किङ र ल्यान्डिङ शुल्क नलिने र त्यसपछि पनि भारी छुट दिने प्रतिबद्धता जनाएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए ।

‘ओसाका एयरपोर्टले एक वर्षको पार्किङ र ल्यान्डिङ शुल्क नलिने जानकारी निगमलाई दिएको छ,’ उनले भने, ‘यसबाट निगमलार्ई एक करोड रुपैयाँभन्दा बढी फाइदा हुने छ ।

संसदको सार्वजनिक लेखा समितिमा जापानको ओसाकामै उडान किन भन्दै केही सांसदले आवाज उठाएका थिए । ती सांसदले नारिता विमानस्थलमा उडान गर्न सुझावसमेत दिएका थिए । तर, निगमले नारिता र टोकियो विमानस्थलमा तत्काल उडान अनुमति नपाइने र कानसाइ तथा ओसाकामा पाइने भएकाले हालका लागि ओसाकामा उडान गर्न लागिएको जनाएको छ । यस्तै कानसाइ र ओसाका विमानस्थलमा निगमको आवश्यकताअनुसार स्लट टाइम पाइने तथा नारिता एवम् टोकियो विमानस्थलमा त्यो सम्भवन नभएको समेत उल्लेख गरेको छ ।

ओसाकामा निगमसँग पहिले पनि उडान गरेको अनुभव भएको तथा विमानस्थल नजिकका क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको जनाएको छ । यस्तै ओसाकाबाट टोकियो पुग्न बुलेट ट्रेनले सहज बनाएको समेत निगमले जानकारी दिएको छ ।

नेपाल एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति (एओसी) दिइसकेको छ भने जापानमा जापान सिभिल एभिएसन ब्युरो ( जेक्याब)बाट एओसी पाउन बाँकी छ । जेक्याबले एओसी दिन ढिलाइ गरेकै कारण तोकिएको समयमा जापान उड्न नसक्ने पनि निगमले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -