२०८३ वैशाख २८, सोमबार
८:४३:२६ बिहान
- ADVERTISEMENT -

भ्रष्टचारीलाई निर्मम प्रहार गर्न जरुरी : पूर्वप्रधानमन्त्री नेपाल

प्रकाशित मिति: २०७५ फागुन ११, शनिबार

736
Shares

काठमाडौँ, फागुन ११

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याउन सरकारलाई सुझाव दिनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभामा आज उहाँले काम नगर्नेलाई दण्डित गर्न तथा अनुचित रूपमा पदको दुरुपयोग गर्नेलाई सजाय गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भन्नुभयो, “अराजकतालाई नियन्त्रण गरिएन भने राज्य कमजोर हुन्छ, अहिले डर भन्ने कुरा हराएको छ, गलत काम गरे भने मलाई सजाय हुन्छ भन्ने कुरा रहेन ।” कम बोल्ने अरुका कुरा धेरै सुन्ने बानीको विकास हुन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “राज्यबाट विषयवस्तुको अध्ययन, अनुन्धान, अनुगमन, मूल्याङ्कन र दण्ड सजायको व्यवस्था हुन आवश्यक छ ।”

विना मेहनत रातारात धनी हुने प्रवृत्ति अहिले हाबी हुँदै गएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेसम्म जनताले सहजरूपमा सेवासुविधा प्राप्त गर्न र राज्य विकासको पथमा अघि बढ्न सक्दैन भन्नुभयो ।

नेपाली काङ्ग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले अहिलेको युग भनेको आर्थिक सम्मुन्नति र समृद्धि युग भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको मूल ऐजेण्डा नै आर्थिक समृद्धि हो, जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट मुलुक विकासको प्रशस्त सम्भावना छ, त्यसका लागि शान्ति सुरक्षा, काम गर्ने वातावरण, प्रविधिको प्रयोग र उद्यमशीलता आवश्यक छ ।”

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा चन्द्रमणि अधिकारीले हाम्रा उत्पादनलाई स्थानीय र अन्तर्राष्ट्रियकरण गर्न नसक्दा मुलुकले आर्थिक प्रगति हासिल गर्न नसकेको धारणा व्यक्त गर्नुभयो । अर्थविद् नारायण तिवारीले सरकार र व्यवसायीबीच देखिएको अविश्वास हटाएर मुलुकको समृद्धिका लागि एकाकार भएरै अघि बढ्दा देश र दुनियाँको भलो हुन्छ भन्नुभयो ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवालले साना उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने कुरामा सरकारबाट आवश्यक सहयोग नभएको गुनासो गर्दै सातै प्रदेशमा औद्योगिक करिडोर स्थापना गर्न महासङ्घले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा उपाध्यक्ष कुमार कार्की र महासचिव टेकबहादुर शाक्यले संस्थाको वार्षिक प्रतिवेदन र उद्योग व्यवसाय क्षेत्रमा देखिएका समस्या र निराकरणका लागि चाल्नुपर्ने उपायका बारेमा धारणा व्यक्त गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -