२०८३ जेठ ३, आइतबार
५:१९:०६ बेलुका
- ADVERTISEMENT -

बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत नेपालतर्फ पाइप लाइन बिच्छ्याउने कार्य अन्तिम चरण

प्रकाशित मिति: २०७५ फागुन ११, शनिबार

1043
Shares

११ फागुन २०७५ । बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत नेपालतर्फ पाइप लाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

करीब ७० किलोमिटर लामो उक्त परियोजनाको नेपालतर्फको ३६ मध्ये २७ किलोमिटर पाइप लाइन बिच्छ्याउने कार्य सम्पन्न भइसकेको छ । बाँकी नौ किलोमिटर वन क्षेत्रमा परेकाले रुख काट्ने काम केही दिनभित्र शुरु गरिने नेपाल आयल निगमले जनाएको छ ।

उक्त परियोजनाअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने ६ हजार ५५३ रुख काट्न निगम र टिम्बर कर्पोरेशन अफ नेपालबीच केही दिनभित्रै सम्झौता हुने निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

आगामी वैशाखभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि रुख कटानमा ढिलाई हुँदा परियोजना सम्पन्न हुन केही समय लाग्ने निगमको भनाई छ । पाइप लाइन परियोजना जतिसक्दो छिटो सम्पन्न गर्ने गरी काम अघि बढाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

सन् २०१५ को अगष्टमा उक्त परियोजना सम्पन्न गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत चैत २३ देखि २५ गतेसम्म गरिएको औपचारिक भारत भ्रमणका क्रममा भारतीय समकक्षीको उपस्थितिमा नयाँ दिल्लीबाटै पाइपलाइन निर्माण कार्यको शुभारम्भ भएको घोषणा गरिएको थियो ।

नेपालतर्फ गत वैशाखदेखि पाइपलाइन बिच्छ्याउने कार्य शुरु गरिएको थियो । पाइपलाइन बिच्छ्याउने ठेक्का महाराष्ट्र सेम्लेस लिमिटेड कम्पनीले पाएको छ । पाइप लाइन पूर्ण रुपमा जमिनमुनीबाट बिच्छ्याएर ल्याउने कार्य भइरहेको छ । रक्सौलदेखि अमलेखगन्जसम्म प्रायःजसो स्थानमा २.५ मिटर गहिराइमा पाइप बिच्छ्याइएको निगमका इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिएका छन् ।

परियोजना सम्पन्न भएपछि नेपालतर्फ हुने पेट्रोलियम पदार्थको ढुवानी सुनिश्चित हुने निगमको दाबी छ । विभिन्न पक्षबाट हुने बन्द, हड्ताल र अवरोधका समयमा पनि व्यवस्थित रुपमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहजता आउनुका साथै पेट्रोलियम पदार्थको चुहावट र उच्च ढुवानी लागतसमेत कम हुने निगमले जनाएको छ ।

पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक पौडेलले आफू जहिले पनि निगम सुधारको पक्षमा लागि रहने बताए । आफूले निगममा कानूनी तथा साङ्गठिनक सुधारको प्रक्रिया शुरु गरिसकेको जानकारी दिँदै उनले निगमका तर्फबाट सेवाग्राही समक्ष कर्मचारीले गर्ने व्यवहारमा निकै परिवर्तन आएको जिकीर गरे ।

इन्धन आपूर्तिमा केही अवरोध आउने वित्तिकै मुलुकभर इन्धनको हाहाकार हुने अवस्थाको अन्त्य गर्न इन्धनको पूर्ण क्षमतामा भण्डारण गर्न निर्देशन दिइएको उल्लेख गर्दै कार्यकारी निर्देशक पौडेलले निगमकै इतिहासमा इन्धनको उच्चतम् भण्डारण गरिएको बताए । राससका अनुसार इन्धन लिएर आएका ट्याङ्कर अनलोड गर्न निकै समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न अनलाइन प्रणाली निर्माणको तयारी भइरहेको निगमले प्रष्ट्याएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -