- ADVERTISEMENT -
- ADVERTISEMENT -

कार्यदल भंग : नेकपा ले पार्टी एकताको बाँकी काम सचिवालय र स्थायी कमिटिबाटै टुंगो लगाउने निर्णय

February 22, 2019
849
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, फागुन १०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकताको बाँकी काम सचिवालय र स्थायी कमिटिबाटै टुंगो लगाउने निर्णय गरेको छ । एकताको टुंगो लगाउन गठन गरिएको कार्यदलले पटक पटक म्याद थप्दा पनि टुंगो लगाउन नसकेपछि सचिवालयमै पुन थप छलफल गर्ने निर्णय भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको बैठकले सचिवालय सदस्य रामबहादुर थापा संयोजकत्वको कार्यदललाई धन्यवाद दिदै भंग गरेको छ । कार्यदलले हिजोको बैठकमा सहमति जुटेका विषयहरु टिपोट गरेर सुझाव प्रतिवेदन पेश गरेको थियो । यद्यपी केही सदस्यले कार्यदलको म्याद थप गर्नुपर्ने प्रस्ताव समेत राखेका थिए । तर, यति लामो समय टुंगोमा नपु¥याएको कार्यदललाई पुन समय दिनुभन्दा सचिवालयमै छलफल गर्न उपयुक्त हुने निर्णय लिएको नेताहरुले बताएका छन् ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अब सचिवालयले नै प्रस्ताव तयार पार्ने बताउनु भयो । ‘सचिवालयको बैठकले कार्यदललाई अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिने निर्णय गर्‍यो । अब प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी समितिमा पेश गर्ने निर्णय भएको छ’, बैठकपछि प्रवक्ता श्रेष्ठको भनाई थियो ।

सचिवालय सदस्य एवं गृहमन्त्री थापाको संयोजकत्वमा पुस १२ गते कार्यदल गठन भएको थियो। कार्यदललाई १० दिनभित्र बुझाउन भनिए पनि झण्डै डेढ महिनामा पनि सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि अपुरो प्रतिवेदन सचिवालयमा बुझाइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -